बिद्यार्थीलाई आफनो ईच्छा अनुसार लक्ष्य निर्धारण गर्न दिउँ – प्रअ वर्णवाल

0
327
Ad_Article_Top
Share :

वीरगंज,फागुन ९ राकेश साह
नृसिंग उच्च प्राबिधिक बिद्यालय पिपराका प्रधानाध्यापक अनिल वर्णवालले राजनिति किचलोको कारण सामुदायिक बिद्यालयको शिक्षाको अवस्था कमजोर बनेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादको कार्यक्रममा बोल्दै वर्णवालले सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोणको कारण पनि पनि सामुदायिक बिद्यालयका अवस्था सुध्रिन हुन नसकेको बताउनुभयो । उहाँले समानान्तरवाद बाट मुक्त नभए सम्म शिक्षामा सोचे जस्तो परिर्वतन हुन नसक्ने ठोकुवा गर्नुभयो । वीरगंजका मेयर बिजय सरावगी शिक्षा प्रति जागरुक भएको बताउदै नृसिंग मा.बि को शिक्षा सुधारमा महत्वपुर्ण योगदान रहेको बताउनुभयो । उहाँले समाजमा शिक्षकको सम्मानमा कमी भएको बताउदै शिक्षकलाई सम्मान गरिदिन अनुरोध गर्नुभयो । शिक्षकमा गतिशिलता आवश्यकता रहेको बताउदै सरकारले जहा पठाए त्यहि काम गर्नुपर्ने धारणा राख्नुभयो । देश बिकाश गर्न शिक्षाको बिकाश आवश्यक पर्ने भएको शिक्षालाई राजनितिबाट टाढा राख्नुपर्ने सुझाव दिनुभयो । प्रअ वर्णवालले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक , स्थानिय जनप्रतिनिधि र शिक्षकमा महत्वपुर्ण योगदान हुने बताउनुभयो । उहाँले अभिभावकलाई राजनिति नगरी शिक्षाको सुधारमा सहयोग गर्न समेत आग्रह गनुभयो । उहाँले जुगाँको लडाईकै कारण नृसिंग मा.बिमा व्यवस्थापन समिती गठनमा समस्या भएको जानकारी दिनुभयो । घोकन्ते बिद्या भन्दा पनि परिर्वतन हुने शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई आफनो ईच्छा अनुसार लक्ष्य निर्धारण गर्न आग्रह गर्दै बिद्यार्थी माथि अनावश्क दवाव सृजना नगर्न अभिभावकलाई आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here