दुई नम्बर प्रदेश सरकार परिवर्तन गर्ने नेकपा अध्यक्ष प्रचण्डको संकेत

0
103
Ad_Article_Top
Share :
meropathsala.com


नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरेका छन् ।

डोला उठाउने कार्यक्रमको अवसरमा हिजो धनुषा पुगेका अध्यक्ष दाहालले संचारकर्मीसँग कुराकानी गर्दै राजपा नेपालसंगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश २ सरकार फेरिने बताएका हुन ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले अमेरिकी सहयोग नियोग एमसीसी संशोधन र परिमार्जनबिना अनुमोदन हुन नसक्ने स्पष्ट पारे ।

यसैगरी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने उद्घोष गरेका छन् । परिक्रमाको उदघाटन गर्दै प्रचण्डले प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक धर्मशाला बनाउने घोषणा गरेका हुन् ।

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला पनि परिक्रमा मार्गको लागि सहयोग गर्ने अवस पाएको स्मरण गर्दै प्रचण्डले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धा गरेका छन् ।

१५ दिनसम्म चल्ने मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिलाबिहारीको मन्दिरबाट प्रारम्भ हुने गर्दछ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here