मेयर यादव भ्रष्टाचारमा लिप्त – वडा अध्यक्ष लक्ष्मी यादव

0
108
Ad_Article_Top
Share :

वीरगंज, फागुन १२
पचरौता नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले मेयरले एकलौटी ढंगले अघि बढदा समस्या भएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरागर्दै उहाँले मेयर रमेश यादवले नगरको बिकाश भन्दा पनि आफनो बिकाशमा बढि ध्यान दिदा विवाद भएको बताउनुभयो । मेयरले बहुमतको दम्भ देखाएर पेलेर काम गर्दा नगरपालिकामा बिकाश हुन नसकेको बताउनुभयो । पचरौता नगरपालिका बाराको १६ वटा स्थानिय तह मध्ये सवैभन्दा बढि विवादित स्थानिय तहको रुपमा रहेको बताउनुभो । कर्मचारीले वडा अध्यक्षलार्य नटेर्दा पनि समस्या भएको बताउनुभयो । मेयरले कमिशनको लागि मेयरले सवारी साधान खरिद गरेको आरोप लगाउनुभयो । मेयरको पक्षमा काम गर्ने ३ जना वडा अध्यक्षलाई मेयरले निलम्बन गरेको बताउदै कानुनमै नभएको अधिकार प्रयोग गरि मेयरले हास्यपद निर्णय गरेको बताउनुभयो । राणशाही शैलीमा मेयरले काम गर्ने गरेको वडा अध्यक्षको आरोप थियो ।सुचना लुकाउने,सुचना नदिने जस्ता क्रियाकलापले मेयरको गतिविधि शंकास्पद हुने गरेको बताउनुभयो । जनताले दिएको म्यान्डेड पुरा गर्न आफु लागि परेको बताउनुभयो । मेयर यादव कमिशनमा लिप्त रहेको बताउदै रंगेहात घुससहित कर्मचारी पक्राउ पर्नु यसको उदाहरण भएको बताउनुभयो । मेयरकै मिलोमतोमा नगरपालिका भ्रष्टाचारमा लिप्त भएको ठोकुवा गर्नुभयो । उपमेयरलाई बाईपास गरि मेयरले हरेक काममा हस्तक्षेप गरि काम गरेको बताउनुभयो । मेयरले उपमेयर र वडा अध्यक्ष समेत को अधिकार पनि आफुखुशी प्रयोग गरेकोले नगरपालिका माथि थुप्रै मुद्दा समेत परेको जानकारी दिनुभयो । पार्टी एक भए पनि गल्ती गर्ने संग सहकार्य गर्न नसिकने यादवको भनाई थियो । नगरपालिकाको बिवादको कारण शिक्षा ,स्वास्थ्य,कृषि लगायतको क्षेत्र धरासायि बनेको बताउनुभयो । उहाँले अनावश्यक करवृद्धि गरि नगरपालिकाले जनताको ढाँड सेक्ने गरेको आरोप लगाउनुभयो । वडा अध्यक्ष यादवले मेयरलाई मिडियामा आई आफनो काम सार्वजनिक गर्न पनि सुझाव दिनुभयो । आफनो स्वार्थ पुरा गर्न मेयरले नगरपालिकालाई वर्वाद गरेको बताउनुभयो । वडा अध्यक्ष यादवले आफनो पहलमा स्वास्थ्य चौकी निर्माण गरिएको बताउदै सांसद रामसहाय यादवको सहयोगमा ६२ लाखको लागतमा सडक ढलान गरिएको जानाकरी दिनुभयो । उहाँले प्रदेश र संघबाट बजेट ल्याइए वडाम काम गरेको बताउनुभयो । मेयरको बिरोध गरेकै कारण वडा नम्बर ५ मा मेयरले बजेट कटौती गरेको बताउनुभयो । कर्मचारीलाई कमिशन नदिदा कर्मचारीले अनावश्यक दुख दिएको बताउनुभयो । मेयरले भनेको कुरा नमान्दा केहि वडा अध्यक्षहरु आखाँका कंसिगर बनेको समेत बताउनुभयो । वडा अध्यक्ष यादवले जनताले दिएको म्यान्डेड पुरा गर्ने गरी काम गर्न सुझाव दिदै कर्मचारीलाई स्वतन्त्र हुन आग्रह गर्नुभयो । वडा अध्यक्ष यादवले नगरको बिकाश गर्न सवैलाई एकजुट आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here