पचरौता नगरपालिकाका मेयर भ्रष्टचारमा लिप्त – वडाध्यक्ष लक्ष्मी यादव

0
298
Ad_Article_Top
Share :


वीरगञ्ज, १२ फागुन ःपचरौता नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले मेयरले एकलौटी ढङ्गले अघि बढ्दा समस्या भएको बताउनुभएको छ । आवाज एफएम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उहाँले मेयरले नगरको विकास भन्दा पनि आफ्नो विकासमा बढि ध्यान दिँदा विवाद भएको बताउनुभयो । मेयरले बहुमतको दम्भ देखाएर पेलेर काम गर्दा नगरपालिकामा विकास हुन नसकेको बताउनुभयो ।

पचरौता नगरपालिका बाराको १६ वटा स्थानिय तह मध्ये सवैभन्दा बढि विवादित स्थानिय तहको रुपमा रहेको बताउनुभो । कर्मचारीले वडा अध्यक्षलाई नटेर्दा पनि समस्या भएको बताउनुभयो । मेयरले कमिशनको लागि मेयरले सवारी साधन खरिद गरेको आरोप लगाउनुभयो । मेयरको पक्षमा काम गर्ने तीनजना वडाध्यक्षलाई मेयरले निलम्बन गरेको बताउँदै कानुनमै नभएको अधिकार प्रयोग गरी मेयरले हास्यपद निर्णय गरेको बताउनुभयो । राणशाही शैलीमा मेयरले काम गर्ने गरेको वडाध्यक्षको आरोप थियो । सूचना लुकाउने, सूचना नदिने जस्ता क्रियाकलापले मेयरको गतिविधि शंकास्पद हुने गरेको बताउनुभयो

। जनताले दिएको म्यान्डेड पुरा गर्न आफु लागि परेको बताउनुभयो । मेयर यादव कमिशनमा लिप्त रहेको बताउँदै रंगेहात घुससहित कर्मचारी पक्राउ पर्नु यसको उदाहरण भएको बताउनुभयो । मेयरकै मिलोमतोमा नगरपालिका भ्रष्टाचारमा लिप्त भएको ठोकुवा गर्नुभयो । उपमेयरलाई बाईपास गरी मेयरले हरेक काममा हस्तक्षेप गरी काम गरेको बताउनुभयो । मेयरले उपमेयर र वडाध्यक्ष समेतको अधिकार पनि आफुखुशी प्रयोग गरेकोले नगरपालिका माथि थुप्रै मुद्दा समेत परेको जानकारी दिनुभयो । पार्टी एक भएपनि गल्ती गर्ने संग सहकार्य गर्न नसिकने यादवको भनाई थियो । नगरपालिकाको विवादको कारण शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्र धरासायि बनेको बताउनुभयो ।

उहाँले अनावश्यक करवृद्धि गरी नगरपालिकाले जनताको ढाँड सेक्ने गरेको आरोप लगाउनुभयो । वडाध्यक्ष यादवले मेयरलाई मिडियामा आई आफ्नो काम सार्वजनिक गर्न पनि सुझाव दिनुभयो । आफ्नो स्वार्थ पुरा गर्न मेयरले नगरपालिकालाई वर्वाद गरेको बताउनुभयो । वडाध्यक्ष यादवले आफ्नो पहलमा स्वास्थ्य चौकी निर्माण गरिएको बताउँदै सांसद रामसहाय यादवको सहयोगमा ६२ लाखको लागतमा सडक ढलान गरिएको जानाकरी दिनुभयो । उहाँले प्रदेश र संघबाट बजेट ल्याइए वडाम काम गरेको बताउनुभयो ।

मेयरको बिरोध गरेकै कारण वडा नम्बर ५ मा मेयरले बजेट कटौती गरेको बताउनुभयो । कर्मचारीलाई कमिशन नदिदा कर्मचारीले अनावश्यक दुख दिएको बताउनुभयो । मेयरले भनेको कुरा नमान्दा केहि वडाध्यक्षहरु आँखाका कंसिगर बनेको समेत बताउनुभयो । वडाध्यक्ष यादवले जनताले दिएको म्यान्डेड पुरा गर्ने गरी काम गर्न सुझाव दिँदै कर्मचारीलाई स्वतन्त्र हुन आग्रह गर्नुभयो । वडाध्यक्ष यादवले नगरको विकास गर्न सवैलाई एकजुट आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here