प्रदेश नम्बर २ मा कुनै अनियमितता र भ्रष्टाचार छैन , अख्तियार पनि पुुुुुुुर्वाग्रह बन्यो, हल्ला फिँजाएर संघियता खोसिँदै छ : राज्यमन्त्री यादब

0
564
Ad_Article_Top
Share :

फागुन १३ वीरगञ्ज

आवाज एफएम ८८ मेगाहर्जको आजको समय सन्दर्भ कार्यक्रममा प्रदेश नम्बर २ का माननीय अर्थ राज्यमन्त्री उषा यादबले सरकारले प्रदेश नम्बर २ लाई सबै क्षेत्रको समुचित बिकासको सम्भावना बोकेको प्रदेशको रुपमा बिकास गर्न प्रयत्नशिल रहेको धारणा राख्नुभएको छ । उहाँले एफएममले संचालन गरेको सयम सन्दर्भमा उक्त कुरा बताउनुभएको हो । समाजवादी पार्टीको महिला नेतृ समेत रहनुभएको यादबले राजपा र समाजवादी पार्टीको बीचमा भैरहेको पार्टी एकताको बिबिध पक्षमाथि समेत प्रकाश पार्नुभएको छ । मन्त्री यादबले केन्द्र सरकारले अझै पनि मधेश प्रति बिभेद गरिरहेको आरोप लगाउनुहुँदै सिमित साधान र स्रोत बिचमा पनि सबै भन्दै उल्लेख्य काम गरेर अन्य प्रदेशलाई प्रदेश नम्बर २ ले पछि पारेको समेत बताउनुभयो । उहाँले महिला, बालबालिका, किसान, बेटी पडाउ र बेटी बचाउ, बिमा, कृषी सहुलियतमा समेत आफ्नो सरकारले उल्लेख्य काम गरेको समेत बताउनुभयो । सरकार बनेको लामो समय नभएको तर पनि धेरै उल्लेखनिय काम गरेर देखाएको समेत उहाँले जिकिर गर्नुभयो । उहाँले बिकास निर्माण र समग्र प्रदेशको समृद्धिको लागि कुनै कसर नराखि अघि लम्केको समेत बताउनुभयो । महिला हिंसा न्युनिकरण, शिक्षा, स्वास्थ्य आर्थिक प्रगतिमा समेत आफुहरु लागि परेको बतउनुभयो । आफ्नो मन्त्रालयले हरेक कार्यक्रम अन्तर्गत रकम बिनियोजन गरिरहेको बतउननुहुँदै सबैको लागि समान हितको पक्षमा काम गरिहरको समेत धारणा राख्नुभयो । उहाँले आन्तरिक कानून मन्त्रालयले सुरक्षित बेटी अभियान समेत शुरु गर्न लागेको खुलासा गर्नुभयो । सबै प्रकारको महिला हिंसाको अन्त्य गर्न प्रदेश सरकार लागिरहेको समेत बताउनुभयो । हरेक बिद्यालयमा छात्रा शिक्षा पुरा नगरि बिद्यालय छाड्ने अवस्थाको अन्त्य गर्न समेत आफुहरुको योजना अघि बढिरहेको बताउनुृभयो । छात्रालाई बितरण गरिएको साइकिल खरिदमा भ्रष्टाचार भएको आरोपको समेत उहाँले त्यसमा कुनै प्रकारको सत्यता नभएको धारणा समेत राख्नुभयो । मुख्यमन्त्री स्वच्छता अभियानमा पनि प्रदेश सरकारले आफ्नो अभियान अघि बढाएको समेत बताउनुभयो । बिभिन्न स्थानका पोखरिलाई स्वच्छता प्रदान गर्ने संरक्षण र सम्बर्दन गर्ने काममा पनि प्रदेश सरकारले गठन गरेको स्वच्छता अभियान लागि परेको ठोकुवा समेत गर्नुभयो । केन्द्र सरकारका मन्त्री कति भ्रष्टाचारमा लागि परेका छन भन्ने् कुराके प्रमाण हालै मात्र सुचना तथा संचार प्रबिधी मन्त्रीको प्रकरणले पुष्टी गरेको बताउनुभयो । भ्ष्टाचारका बिरुद्ध कदम चाल्ने अख्तियार नै पुर्बाग्रही भएको अरोप लगाउनुहुँदै उहाँले प्रदेश नम्बर २ लाई अनेक किसिमले बदनाम गरेर संघीयतालाई नै धरापमा पार्ने योजनामा केन्द्र सरकार लागेको समेत आरोप उहाँले लगाउनुभयो । नकपाले संबिधान संसोधन गर्ने बिश्वास दिलाएको थियो तर त्यो ब्यबहारमा कार्यन्वयन नभएपछि आफुहरु केन्द्र सरकारबाट अलग भएको जिकिर समेत गर्नुभयो । प्रदेश २ को सरकार जनताले बनाएको र शहिदको बलिदानको कारण निर्माण भएकोले यो सरकारलाई कसैले हल्लाउन नसक्ने समेत बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here