वीरगंज पथलैया व्यापारिक मार्ग समयमै पुरा हुन्छ गण्डक —शंकराचार्यसम्म २५ मिटरनै सडक बिस्तार हुन्छ – संजय मिश्र

0
1146
Ad_Article_Top
Share :


वीरगंज, फागुन १४,राकेश साह
व्यपारिक मार्ग बिस्तार आयोजना वीरगंज पथलैया सडकका योजना प्रमुख संजय मिश्रले योजनाको काम नरोकिएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मिश्रले योजनाको काम आफनो गतिले अघि बढिरहेको दावी गर्नुभयो । जेठ १८ पश्चात सरकारले गरेको निर्णय अनुसार योजनाको काम अघि बढने बताउनुभयो । मिश्रले सार्वजनिक खरिद ऐनको छैठो संशोधन अनुसार योजनाको काम अघि बढने जिकिर गर्नुभयो । उहाँले मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईन योजना, बस्ती,रुख आदिको कारण सडक बिस्तार कार्य समयमा पुरा हुन नसकेको जिकिर गर्नुभयो । राजपत्रमानै त्रिभुवन राजमार्गाको सडक २५÷२५ मिटर फराकिलो गरिने उल्लेख भएकोले त्यसको बिकल्प नरहेको बताउनुभयो । हेटौंडा बजारको सडक पनि २५÷२५ फराकिलो हुने ठोकुवा गर्नुभयो । नेपालको मुख्य प्रवेशद्वार वीरगंज भएकोले यसलाई नमुना बनाउन आग्रह समेत गर्नुभयो । सर्वोच्च अदालतको आदेश अनुसारे अन्तिम निर्णय हुने भएकोले त्यसको लागि पनि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । मिश्रले एक बर्षभित्र संतोषजन काम भएको बताउनुभयो । उहाँले एक बर्षभित्र ४० प्रतिशत सम्म काम गरिएको र हाल ७० प्रतिशत काम गरिएको दावी गर्नुभयो । उहाँले १३ वटा योजना एकै साथ संचालन रहेको बताउदै सवै योजनाको आफनै समस्या रहेको बताउनुभयो र मिश्रले दुई तिन योजना बाहेक अरु सवै योजनाका काम संतोषजनक रहेको बताउनुभयो । वीरगंजमा काम शुरु गर्नुपुर्व अन्य परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । मिश्रले अतिक्रमण हटाएर काम नगर्दा समस्या भएको जानकारी दिदै अतिक्रमण हटाउन अवरोध हुदाँ समयमा योजना पुरा हुन नसकेको बताउनुभयो ।उहाँले घर तोडिसकेको ठाँउमा समेत नाला निर्माणमा जनताले सहयोग नगर्दा समस्या भएको बताउनुभयो । मिश्रले गण्डक शंकराचार्य गेट सम्मको सडक बिस्तार सर्वोच्च अदालतको अन्तिरिम आदेशको कारण अहिलेको लागि काम रोकिएको बताउनुभयो । उहाँले सर्वोच्चको आदेश आउना साथ काम शुरु हुने बताउनुभयो । उहाँले वीरगंज बचाउ अभियानबाट आर्थिक प्रलोभन नआएको दावी गर्दै प्रमाण भए कारवाही गर्ने बताउनुभयो । उहाँले संकलित पैसा आफनो घर टहरा सार्नमा खर्च गर्न प्रमुख मिश्रले आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here