वीरगंञ्ज मेराथन २०७६ सम्पन्न ,हजारौं जनसमुदायको उपस्थिती

0
455
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ११ फगुन ः वीरगंञ्ज मेराथन २०७६ आज वीरगंजमा सुरु भएको छ । विहान ७ बजेर ४५ मिनेटमा वीरगंज श्रीपुर व्यारेक र बाराको पिलुवा स्थीत नेपाली सेनाको बाहिनीबाट एकै पटक मेराथन सुरु भएको हो । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले संयुक्तरुपमा मेराथनको उदघाटन गर्नु भएको थियोे ।

उदघाटनको क्रममा मुख्मन्त्री राउतले पेस्तौलबाट हवाई फायर गर्नु भएको थियो भने प्रधान सेनापति थापाले तोपबाट एक राउण्ड बढाई गर्नु भएको थियो । नेपाली सेनाको मध्य पृतना हेडक्वाटरको अगुवाई एवं मध्य पुर्वी पृतना हेडक्वाटरको सहयोग, २८ नम्बर बाहिनी अड्डा, वीरगंज महानगरपालिका तथा नेपाल भ्रमण बर्ष २०२० प्रदेश नं.२ को संयुक्त प्रयोजकत्वमा भएको मेराथन दौडमा, १ किलो मिटर यात्रा देखि ४२ किलो मिटर मेराथन दौड समावेश छ । ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीहरुका लागि विभन्न समुहको मेराथन दौडमा प्रथम हुनेलाई दुइ लाखसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

अहिले पनि जारी मेराथनमा, बाराको कोहल्वी देखि पर्साको वीरगंज, ड्राइपोर्ट श्रीसियालगायतको सडक क्षेत्रलाई धावन क्षेत्र निर्धाण गरिएको छ । करिब ४५ सया जना धावकहरुले प्रतिस्पर्धा गरिरहेको धावन मार्गमा सुरक्षा व्यवस्था, स्वस्थ्य सेवाको विशेष प्रबन्ध मिलाइएको छ ।

धावकहरुको सुरक्षाका लागि एम्बुलेन्स र हेलिकप्टरसमेत परिचालन गरिएको छ । उदघाटन समारोहमा हजारौं जनसमुदायको उपस्थिती थियो । मेराथनमा विजयी धावकहरुलाई आजै पुरस्कार प्रदान गरिने नेपाली सेनाको मध्य पृतनाले जानकारी गराएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here