प्रसौनी प्रीमियर लिग २ को उपाधी प्रसौनी सुपर किङ्गलाई

0
257
Ad_Article_Top
Share :
meropathsala.com

मोहन लाल पंडित
फागुन १७ वीरगंज

बाराको प्रसौनी गाउँपालिकामा जारी प्रसौनी प्रीमियर लिग २ को उपाधी प्रसौनी सुपर किङ्गले हात पारेको छ । कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता रहनु भएको थियो । आज भएको पहिलो इनिङको खेलमा टस जितेर बैटिङ्ग गर्दै प्रसौनी लाइन्सले निरधारित २० ओभरको खेलमा आफ्नो सम्पूर्ण बिकेट गुमाउँदै ८४ रन जोडन सफल भएको थियोे । भने जवाफमा उतरेको प्रसौनी किङ्गले १३ ओभरमा ८५ रन बनाउदै ८ बिकेटले जित हत पर्न सफल भएको छ । आजको खेलको मैन अफ द मैच महमद सरिफ भएका छन । प्रसैनी प्रीमियम लिग २ का बिजेता तथा उपबिजेता टिमलाई सिल,मेडल तथा प्रमाणपत्र गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले प्रदान गरिएको थियो । भने गाउँपालिकाका उपाध्यक्ष गिता साहले स्वागत मन्तव्य गर्नु भएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु आनन्द कुमार गुप्ता, सुरेश गुप्ता, सनईत साह, समाजसेवी , बुधीजिवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । उत्त कार्यक्रम वडा नं २ का अध्यक्ष शुरेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here