मासु जाँच ऐन कार्यन्वयन नहुदाँ समस्या –सचिव देवान, उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने माथि कारवाही हुनुपर्छ –अध्यक्ष भुजेल

0
332
Ad_Article_Top
Share :


वीरगंज,फागुन २०,राकेश साह
माछामासु व्यवसायि संघ पर्साका सचिव ग्यासुमियाँ देवानले वीरगंजमा अधिकांश मासुपसल व्यवस्थित रहेको दावी गर्नुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै सचिवव देवनले पछिल्लो समयमा वीरगंजमा धेरै पसलहरु व्यवस्थित हुदै गरेको दावी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय पर्सामा फागुन १८ गते बसेको बैठकले गरेको निर्णय प्रति आपति जनाउदै सचिव देवानले १५ दिनको सयम सिमा प्रति असहमती जनाउनुभयो । देवानले १५ दिन भित्र व्यवस्थित बधशाला निर्माण गर्न नसकिने ठोकुवा गर्नुभयो । खुल्ला ठाँउमा मासु बेच्ने व्यपारिहरुलाई कारवाही गर्न नगर प्रहरी र स्थानिय प्रशासन संग सचिव देवानले आग्रह गर्नुभयो । उहाँले कुखुरा र माछा व्यवसायि आफुहरुको संघमा नरहेको जानकारी गराउदै खुल्ला ठाँउमा मासु बेच्नेलाई कारवाही गर्न आग्रह गर्नुभयो । खुल्ला ठाँउमा मासु बेच्ने व्यपारिलाई कारवाही गर्न वीरगंज महानगरपालिकालाई चरणवद्ध दवाव दिएकोे बताउनुभयो । संघले वधशाला बनाउन नगरपालिकालाई ज्ञापन पत्र बुझाउदा समेत नगरपालिकाले चासो नदिएको आरोप लगाउनुभयो । यसैगरी उपभोक्ता हित संरक्षण मंचका वीरगंज नगर अध्यक्ष अजित भुजेलले फुटपातमा माछा मासु बेच्ने व्यपारि माथि कारवाहीको माँग गर्नुभएको छ । नगर अध्यक्ष भुजेलले वीरगंजका व्यपारिले उपभोक्ताको स्वस्थ्य माथि खेलवाड गर्ने गरेकोे आरोप लगाउदै खुल्ला ठाँउमा मासु बेच्ने व्यवपारि माथि कारवाहीको माँग समेत गर्नुभयो । उहाँले उपभोक्ता माथि खेलवाड गर्ने व्यपारिमाथि मुद्दा समेत गरेको जानकारी दिनुभयो । भुजेलले भाद्र २२ गते मुदा मुदा दर्ता गरेपनि कार्यन्वय नभएको बताउदै छिटै अवेहलनाको मुदा दर्ता गर्ने जानकारी दिनुभयो । भुजेलले उपभोक्त हित सरंक्षण मंचको काम सचेत गराउने भएको बताउनुभएको छ । उहाँले कारवाही गर्ने काम प्रशासनको भएको बताउदै मंचको काम सचेतना जनाउने काम मात्र भएको बताउनभुयो । मंचले वीरगंजमा स्वच्छ माछा मासु उपभोग बारे बिभिन्न जनचेतना मुलक कार्य गरेका बताउनुभयो । यता सचिव देवानले वीरगंज महानगरपालिकाले पशुवधशाला एवं मासु जाँच ऐन कार्यन्वयन नगर्दा समस्या भएको बताउनुभयो । उहाँले नगरपालिकाले भन्दैमा मासु अस्वस्थ्य नहुने भन्दै पशु कार्यालयका प्राविधिक मासु निरिक्षकले प्रमाािण्त गरेपछि मात्र मासु स्वास्थ्य र अस्वस्थ्य हुने बताउनुभयो । उहाँले स्थानिय प्रशासनले कानुन कार्यन्वयनमा ईमन्दारिता नदेखाउदा समस्या भएको दावी गर्नुभयो । उपभोक्ता मंचले आफनो काम नगरिकन अनावश्कय राजनितिमा लागेको आरोप लगाउनुभयो । उहाँले मंचलाई जनतालाई सचेत गराउने काम गर्न आग्रह गर्नुभयो । देवानले खुल्ला ठाँउमा मःम,चाउमिन, भुजापकौडीहरु पनि खुल्ला ठाँउमा बेच्ने गरिएकोले त्यसमा पनि कडाई गर्न आग्रह गर्नुभयो । यसैगरी मंचका वीरगंज नगरअध्यक्ष भुजेलले अनुगमनको क्रममा कुनै व्यपारि संग आर्थिक लाभको सम्झौता नगरिएको दावी गर्नुभयो । भुजेलले बजार अनुगमन गर्दा दोषि व्यपारिलाई प्रशासनले कारवाही गर्ने गरेको बताउनुभयो । भुजेलले माछा मासु बाहेक होटल,पानी, औषधि ,किरान पसल लगायतको क्षेत्रमा पनि अनुगमन गर्ने गरेको बताउनुभयो । सचिव देवानले मंचलाई बजार अनुगमन गर्ने अधिकार नभएको बताउनुभयो । साथै सचिव देवानले होलीमा मासुको मुल्य वृद्धि नहुने पनि जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here