वडाको विकास पहिलो प्रथमिता , वेरोजगार यूवाहरुको लागि रोजगारी दिने : वडा अध्यक्ष पटेल

0
167
Ad_Article_Top
Share :

वीरगञ्ज २२ फागुन :

आवाज एफएम ८८ मेर्गाहजको कार्यक्रम समय सन्दर्भमा आज परवानीपुर गाउँपालीका वडा न. ४ का वडा अध्यक्ष गजेन्दर पटेलले आफु वडाको विकासको लागी दिनरात लागीपरेको बताउनुभएको छ । आफनो अढाई वर्षको कार्यकालमा वडामा धेरै विकासको कामहरु गरेको अध्उक्ष पटेलले बताउनुभयो । एक वर्ष अगाडी आएको विनासकारी हावाहुरीबाट वडामा मानविय क्षति हुनुको साथै धेरै भौतिक संरचनाहरुको ठुलो क्षति भएको र आफु त्यस दुखको घडीमा दिनरात लागी स्थानीयहरुको सेवा गरेको र अहिले पनि धेरै स्थानियहरु त्यस हावाहुरीबाट धेरै समस्यामा रहेकोले वहाहरुको समस्या समाधानको लागी गाउँपालीका, प्रदेश लगायत केन्द्र सरकारसम्म पुगी समस्या समाधानमा जुटेको बताउनसभयो ।

स्थानीय तहमा कर्मचारीहरुको कारण काम गर्न धेरै समस्या भएकोले सरकारलाई समस्या समाधान गर्न आग्रह गर्नुभयो । एक फरक प्रशणमा वडा अध्यक्ष पटेलले गाउँपालीका प्रमुखको लापरवाहीको कारण समयमा बजेटको सदुपयोग गर्न नसकेको दुखेसो पोख्नु भयो । कोरोना भाइरसबाट बच्नको लागी आफुहरु स्वास्थ्य कर्मीहरुसंग छलफलगरि छिटै अगाडीको कदमहरु ब्ढाउने जाकारी दिनुभयो । परवानीपुर गाउँपालीका क्षेत्रको हिसाबले देशकै सानो गाउँपालीका रहेकोले सबैको सहयोग र साथले देशकै नमुना गाउँपालीका बनाउने बताउनु भयो । आफनो अढाई वर्षको कार्यकालमा अरु वडाको तुलनामा धेरै अगाडी बढेको बताउनुभयो । आफनो वडामा रहेको विस वर्ष पुरानो विधालयलाई भौतिक संरचनाको सुधारको साथै कक्षा पाचँ बाट बढाएर कक्षा सात सम्म संचालनमा ल्याएको बताउनुभयो । वडामा शिक्षाको धेरै कमी भएको हुनाले, शिक्षामा विशेष ध्यान दिएको र यसका साथै ढल र्निमाण , सडक, बाटोघाटो, नाला लगायतका कामहरु अगाडी बढाएको जानकारी दिनुभयो ।

वेरोजगार यूवाहरुको रोजगारको लागीे वडा भित्रमा रहेका विभिन्न कलकारखानाहरु संग समन्वय गरि रोजगारको सृजनामा आफु लागीपरेको वडा अध्यक्ष पटेलले बताउनुभयो । गाउँपालीकाको प्रमुखको कारण खेलकुद लगायतका धेरै प्रतियोगिताहरु ह्ुन नसक्नु ठुलो नोक्सानी भएको र अगामी महिनाबाट आफनो वडामा खेलकुद प्रतियोगिता चाडै संचालन गर्न गईरहेकोे बताउनुभयो । साथै वडाका सम्पूर्ण स्थानीहरुको सहयोग लिएर वडाको बिकासमा अगाडी बढने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here