मजदुर नेता पटेल माथि भएको घटनाबारे अखिल नेपाल सेक्युरिटि मजदुर संघको गम्भिर ध्यानाकर्षण

0
188
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, फागुन २४
सेक्युरेटी श्रमिक संघ प्रदेश २ का सदस्य माथि भएको घटनाको भत्र्सना
अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश कमिटीले सेक्युरिटी श्रमिक संघका प्रदेश सदस्य शम्भु पटेल माथि भएको घटनाको घोर भत्र्सना गरेको छ । संघका प्रदेश २ अध्यक्ष घनश्याम भट्टराईले आज प्रेस बिज्ञप्ती जारी गरी कर्पोरेट सेक्युरिटी कम्पनीका प्रोपराईटर मनोज अर्चालले श्रमिकको समस्याको बारेमा छलफल गर्न बोलाएर छोटेलाल पटेल अवधेश सिंहको नेतृत्वमा केहि अपरिचित मानिसको समुहले गाली गलौज गरी कालोमसी टाउकोमा खन्याएर अपमानित हर्कत गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष भट्टराईले गुन्डा गर्दी शैलिमा भएको घटनामा संग्लनलाई तत्काल कडा कारवाही गर्न माँग समेत गरेको छ । साथै सोही घटनामा जोडी अखिल नेपाल सेक्युरेटि मजदुर संघ प्रदेश २ का उपाध्यक्ष टुनटुन तिवारीको नाम जोडी चरित्र हत्या गर्न खोजेको भन्दै पनि आपति जनाएको छ । तिवारीको नाम जोडी केहि अनलाईन मिडियाहरुले झुठो समाचार सम्प्रेशन गरेको प्रति यर्थात समाचार बुझन र सो समाचार खण्डन गर्न समेत बिज्ञप्ती मार्फत प्रदेश कमिटीले अनुरोध गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here