बिद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गदैै नवदिप एकडेमी

0
1020
Ad_Article_Top

वीरगंज, चैत्र ६,जगत राई
नोवेल कोरोना (कोभिड १९) भाईरसका कारण विश्व आतंकित भईरहेको बेला वीरगंजको एक निजी बिद्यालय आफनो स्वार्थ पुरा गर्न बिद्यार्थीको जिवन संग खेलवाड गरेको पाइएको छ । कोरोना भाईरबाट बच्न नेपाल सरकारले एस.ईई र चैत्रमा हुने सम्पुर्ण परिक्षा संगै सिनेमा घर, जिम क्लव लगायत २५ भन्दा बढि मानिस भेला हुन प्रतिबन्ध लगाइएको बेला वीरगंज १५ भिस्वामा रहेको नवदिप एकडेमीले नेपाल सरकारले गरेको निर्णयलाई समेत लत्याउदै बिद्यालय संचालन गरेको पाइएको छ । देशभर कोरोना भाईरसका कारण बिद्यालय बन्द भएको बेला यस बिद्यालयले बिद्यार्थीको स्वास्थ्य माथि खेलवाड गरेको छ । १५७ देशका जनताहरु कोरोनाबाट प्रभावित तथा करिव ८ हजार भन्दा बढिको ज्यान गईसकेको अवस्थामा बिद्यालय अटेर गरी बिद्यालय संचालन गरिरहेको छ । नाम न छाप्ने शर्तमा सो बिद्यालयका एक कर्मचारीले त्रासपुर्ण अवस्थामा बिद्यालय बन्द नगरी संचालन गरेकोमा दुखेसो व्यक्त गरेका छन ।त्रासपुर्ण अवस्थामा बिद्यालय संचालन गर्ने बिद्यालयलाई कडा कारवही गरेर बिद्यालयको लाइसेन्स समेत खारेज गर्नुपर्र्ने सर्वसाधारणको भनाइ रहेको छ ।विश्वले सर्तकता अपनाईरहेको बेला नवदिप एकडेमीले बिद्यालय बन्द नगरी कोरोना भाईरसबारे गैर जिम्मेवारीपुर्ण तरिकाले प्रस्तुत भएको बुझिएको छ । भोली ती बिद्यार्थीहरुमा स्वास्थय समस्या देखिएमा यसको जबाफ बिद्यालयले लिनुपर्ने हुन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here