लामखुट्टे र कोरोनाभाईरस नियन्त्रण गर्न जिपी फाउण्डेशनद्वारा वडा अध्यक्ष कलवारलाई ज्ञापन

0
188
Ad_Article_Top

वीरगंज, चैत्र ७ आनन्द पटेल
लामखुटे र कोभिड १९ नोवेल कोरोना भाईरस नियन्त्रण गर्न जिपि फाउण्डेशन परवानीपुरले आज ज्ञापन पत्र बुझाएको छ। फाउण्डेशनका परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीका अध्यक्ष प्रमोद यादवको नेतृत्वमा वडा अध्यक्ष रामेश्वर साह कलवारलाई सो ज्ञापन पत्र बुझाइएको हो । वडामा लामखुट्टेले आतंक मचाईरहेकोले सो नियन्त्रण गर्न वडा अध्यक्ष कलवारलाई ज्ञापन पत्र बुझाएको यादवले बताउनुभयो । यादवले लामखुट्टेको टोकाईले गर्दा राती धेरैनै समस्या भएको तथा विश्वभरि आतंक मचाएको कोरोना भाईरसबाट वडावासीलाई सुरक्षित राख्न वडा समितीलाई बिशेष कदम चाल्न ध्यानाकर्षण गराइएको फाउण्डेशनका अध्यक्ष यादवले जानकारी दिनुभयो । लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुदा चाडै वडाका हरेक टोलहरुमा औषधि छर्न तथा सरसफाइमा बिशेष ध्यान दिन अनुरोध गरिएको फाउन्डेसनका सचिव श्याम रामले बताउनुभयो । ज्ञापनपत्र बुझदै वडा अध्यक्ष कलवारले लामखुट्टे नियन्त्रण, सरसफाई र कोरोना भाईरसबाट बच्न वडाले बिशेष कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले छिटैनै स्वास्थ्य कर्मीहरुको टोलीसंग छलफल गरी यस समस्यालाई समाधान गर्न आवश्यक कदम चाल्ने आशवासन दिनुभयो । सो अवसरमा फाउनडेसनका कोषाध्यक्ष मंदिप यादव, सदस्यहरु प्रमोद पटेल , रबीन्द्र पटेल, अनिल , भोला साह, सल्लाहकार कृष्णा प्रसाद कुर्मी, सुरेन्दर पटेल , नेपाली काँग्रेसका यूवा नेता सुनिल पटेल लगायतहरुको सहभागिता रहेकोे थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here