कोरोना संक्रमितको उपचारका नेशनल मेडिकल कलेज सरकारलाई दिने निर्देशक अंसारीको उद्घोष

0
21
Ad_Article_Top

वीरगंज,चैत्र ८
नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दिन अन्सारीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक परे पुरै अस्पताल राज्यलाई प्रयोग गर्न दिन सक्ने बताएका छन् । संचारकर्मी संग आज कुरा गर्दै अन्सारीले सो कुरा सरकारलाई जानकारी गराइसकेको बताए । शिक्षण अस्पताल सन्चालन गर्न राज्यले नै अनुमति दिएको र राज्यकै सहयोगमा दुई पैसा कमाएको जिकिर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न नेशनल मेडिकल कलेज प्रशासन तयारी अवस्थामा रहेको उनले प्रस्ट पारे ।कोरोना संक्रमितलाई छुट्टै ठाउँमा राखेर उपचार गर्नुपर्ने हुदाँ ठाउँको आवश्यकता परेमा बीरगन्ज र काठमाडौंस्थित नेशनल मेडिकल कलेजका सम्पूर्ण शय्या क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिन सक्ने उनको भनाई छ । यसका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तयार रहेको उनले बताए । बीरगंजस्थित अस्पताल १०५० र काठमाडौंस्थित अस्पताल २३२ शय्या क्षमताको छ । तर राज्यले अस्पताल र स्वास्थ्यकर्मीको दुवैको सुरक्षाको जिम्मा लिनुपर्ने उनको माग छ । हाल बीरगन्जस्थित सो अस्पतालमा कोरोना संक्रमितका लागि ५० वटा वार्ड छुट्याइएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here