कोरोना भाईरसको प्रकोपबाट बच्न ब्राम्हण समाज पर्साद्धारा यज्ञ हवन

0
267
Ad_Article_Top

वीरगंज, चैत्र १०,उर्मिला सापकोटा
कोभिड १९ नोवेल कोरोना भाईरको प्रकोपबाट बच्न आज कर्मकाण्डी ब्राम्हण समाज पर्साले वीरगंजको गिता मन्दिरमा शुद्धि हवन यज्ञ सम्पन्न भएको छ । समाजका पर्सा अध्यक्ष पशुपति उपाध्यायको बिशेष पहलमा सो यज्ञ सम्पन्न भएको हो । कोरोना भाईसर संग लड्न सवैको सहकार्य आवश्यक रहेको उपमेयर शान्ति कार्कीले बताउनुभयो। बिषम परिस्थितमा कर्मकाण्डी ब्राम्हण समाजले यज्ञ हवन मार्फत कोरोना नियन्त्रणको लागि गरेको प्रयासको पंशासा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि समाज संग आग्रह गनुभयो । कोरोनो भाईरसले विश्यव्यापि आतंक फैलाइएरहेको भन्दै समाजले बातावरण शुद्धि बनाउन र सम्पुर्ण मानव जातिको कल्याणको लागि यज्ञ गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । हवन गर्दा उत्पन्न धुवाले वातावरण शुद्ध हुने ,र हावामा रहेका किटाणु र परजिवीहरु नष्ट हुने बिश्वासका साथ यज्ञ गरिएको समाजका प्रवक्ता लक्ष्मीप्रपन्न रिजालले जानकारी दिनुभयो । नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहि यज्ञ सम्पन्न गरिएको कोषाध्यक्ष उत्तम देव उपाध्यायले बताउनुभयो । उहाँले हाम्रा चाडपर्व यज्ञ हवन सवै वैज्ञानिक रहेको बताउदै यज्ञ हवनले डर त्रास हट्नुको साथै वातावरण स्वच्छ भएको दावी गर्नुभयो । कार्यक्रममा गीता मन्दिरका संचालक मदन गुप्ता, समाजका उपाध्यक्ष शम्भु तिमिल्सिना,सचिव बिनोद सापकोटा,सदस्यहरु पुरुषोत्तम उपाध्याय लगायतको उपस्तिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here