भरतपुरमा मंगलवार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

0
17
Ad_Article_Top

वीरगंज,चैत्र १२
चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलवार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ। उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।उनीसँगै अन्य शंकास्पद बिरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ। सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको छ।भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ।वीरगञ्ज(२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मंगलवार विहान ९ः३० बजे मृत्यु भएको थियो। अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए। चितवन मेडिकल कलेजबाट कोभिड (१९ को आशंकामा उनलाई रिफर गरिएको थियो। उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here