आइसोलेशन र क्वारेन्टाइनमा कुनै समस्या छैन : प्रशासन , स्वास्थ्यमा कन्जुस्याईं छैन, सेवामा कलेज हाजिर छ : बसुरुद्दिन

0
798
Ad_Article_Top

बीरगंज १४ चैत : विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले पुृरै मुलुकलाई नै यतिबेला लक डाउन गरेको छ । लक डाउनको कारण हावाको गति झैं फैलने भाइरस नियन्त्रणमा ल्याउन सरकारले सबै प्रकारको सम्भाब्य उपायको अवलम्बन गरेको छ । सरकारी स्तर र निजी स्तरमा खुलेको सबै अस्पतालहरुले यतिबेला जन स्वास्थ्यलाई ध्यानमा राखेर सम्भाब्य उपाएको अवलम्बन समेत गरेका छन । हिजो मात्र यहाँको स्थानीय प्रशासनले निजी स्वामित्वमा संचालनमा आएको स्वास्थ्य प्रतिष्ठानहरुमा कुल बेड संख्याको १० प्रतिशत बेड संख्या अनिबार्य रुपमा क्वारेन्टइन र आइसोलेशनको लागि छुट्याउनु पर्ने निर्णय गरेपछि त्यसको कार्यन्वयन भए नभएको बारेमा समेत आजैदेखि अनुगमनको प्रकृयालाई अघि बढाइने कुरा पर्साका सूचना अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत बताउनुहुन्छ ।

अहिले नेशनल मेडिकल कलेजले ५०, बयोधा अस्पतालले ४ नारायणीले ५ बेड कोरोनाको संक्रमण र संकास्पदहरुलाई राख्ने ब्यबस्था गरिएको भएपनि पुरै बेढ संख्या समेत प्रयोगमा आउन सकेको छैन । अस्पताल र स्थानीय प्रशासनले केडिया डेन्टल अस्पताल भंसार एरियामा स्थापना गरिएको ५० बेडको क्वारेन्टाइनमा अहिले कोही पनि भर्ति भएका समेत छैनन । शुरुका लक डाउनको दिनमा ६८ जना र दोस्रो दिन १९ जनालाई क्यारेन्टाइनमा राखेर सोधपुछ गरि गरि घरमा नै होम क्वारेन्टाइनमा बस्न रुचाएकाले त्यसतर्फ फर्काइको कुरा स्थानीय प्रशासन बताउंछ ।
यतिबेला नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंकामा ५ जनाको आइसोलेशन बेडमा राखेर उपचार भैरहेको भएपनि पांचै जनाको स्वास्थ्यल सामान्यकरण तर्फ उ्रन्मूख भएको कुरा अस्पतालका मेसु डाक्टर मदन उपाध्याय बताउनुहुन्छ । ती पाँच जनामा ३ जना कतारबाट, एक जना भारतको कर्नाटक स्थित बैंगलोर बाट र एक जना उनीहरुसंगै स्वास्थ्य परिक्षणका लागि आएका आफन्त छन । उनीहरुलाई पनि अवस्था हेरेर चांडै घर फर्काउने योजना बनिरहेको कुरा अस्पताल सुत्र बताउंछ । लक डाउनको बेला कुनै पनि रोगीलाई अभावको कारण समस्या झेल्नु नपरोस भनेर आवश्यकीय सबै प्रकारको उपचारको ब्यबस्था गरिएको कुरा नेशनल मेडिकल कलेजका डाइरेक्टर महमद बसुरुद्दिन अन्सारी बताउनुहुन्छ । उहांका अनुसार कोरोना उपचारसको लागि ५० बेड आफुहरुले गत हप्तानै आइसोलेशनको रुपमा प्रयोग गर्न आवश्यक तयारी पुरा गरि छुट्याइएको बताउनुहुन्छ भने संकटको घडिमा जन स्वास्थ्यलाइ ध्यानमा राखेर आफुहरु ५० बेड मात्र हैन सरकारले आवश्यक ठान्दछ भने पुरै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंज नै हस्तान्तरण गर्न समेत तयार रहेको कुरा गरेर एकातिर संकटको बेलमा राष्ट्रिय अभिभारा पुरा गरेको र अर्कोतिर समाजीक सेवा भावको अनुपम नमुना समेत प्रस्तुत गर्न खोजेको सन्देश समेत दिन खोजेका छन । एक भेटमा श्री बसुरुद्धिन आफुहरुले सरकारको आब्हानलाई सहर्ष स्वीकार गरि अस्पताल सबै प्रकारको उपचारमा तयार रहेको बताइरहंदा समेत केही भ्रमको खेति गर्ने बुद्दिजिबीहरुलाइ भने असहैया पीडा भएको दु ःखोसो समेत पोख्नुहुन्छ । उनी यो बेला पैसा कमाउने हैन मानिसको जिवत बचाउने कर्तब्य भएकोले त्यसमा सबै लाग्न समेत सुझाउनुहुन्छ उनका अनुसार जीवन बचाउं त्यसपछि बांच्नको लागि पैसा कमाउँला ।
नेशलल मेडिकल कलेज संकट समाधान र राष्ट्रियताको अर्को नाम : राजकुमार गुप्ता
उता संबिधान सभाको सदस्य तथा सत्तासिन नेपाल कम्युनिष्ट पार्टि पर्साका नेता राजकुमार गुप्ताले नेशनल मेडिकल कलेज बीरगंजले राष्ट्रिय अभिभारा सम्झेर संकटको घडिमा पुरै अस्पताल नै कोरोना रोकथामको निम्ति सरकारले आवश्यकता महसुस गरेमा पुरै राष्ट्रको नाममा समर्पण गर्ने घोषणा गर्नु राष्ट्रियताको सबैभन्दा ठूलो भावना भएको तर्क प्रस्तुत गर्नुहुन्छ । उनका अनुसार माहामारिको बिषम परिस्थितिमा नेशनल मेडिकल कलेजले ५० सिटको आइसोलेशनको बेड उपलब्ध गराउनु, सबै प्रकारको रोगिहरुलाई आवश्यक उपचारको ब्यबस्था मिलाउने प्रयास गर्नु सबै स्वास्थ्य प्रतिष्ठानको लागि समेत प्रेरणा हुने समेत बताउनुहुन्छ । घरबाट ननिस्केर सरकारको आव्हानलाई सघाउ पुृर्याइरहेका पर्साबासीको लागि नेशनल मेडिकल कलेजलाई संकट समाधानको सारथीको रुपमा समेत यतिबेला सम्झन थालिएइको कुरा समेत संबिधान सभाका सदस्य राजकुमार गुप्ता बताउनुहुन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here