सहुलियतको नाममा वडा अध्यक्षहरु ब्यापार गरेको स्थानीयहरुको गुनासो

0
647
Ad_Article_Top
Share :

वीरगञ्ज २१ चैत : पोखरिया नगरपालिकाले लकडाउनको बेला गाउँ गाउँमा तरकारी बेचदै छ । नगरपलिकाको गाडि प्रयोग गरि वडा अध्यक्षहरुले आफने वडा भित्र तरकारी सहुलियतको नाममा ब्यापार गरेको स्थानीयहरु गुनासो गरेका छन् । पोखरिया नगरपालिका वडा ४ अध्यक्ष लक्षमन साह र वडा ९ रामबाबु चौहानले आफनो निजि रकम लगानी गरि नगरपालिकाको गाडिमा तरकारी बिक्रि बितरण गरि कमाउन खेलमा लागेको स्थानीयहरुको भनाइ रहेको छ । लकडाउनमा बजार बन्द रहेको बेला अध्यक्षहरुको मनोपोलि तरिकाले तरकारी बिक्रि बितरण गरि रहेका छन ।

तरकारी ब्यापारिले गाउँ गाउँमा बेच्न खोजदा वडा अध्यक्षहरुले बिक्रि बितरण गर्न रोक लगाएको छ । ब्यपारीले सहुलियत मुल्यमा बिक्रि गरेकोले रोक लगाइ आफै बिक्रि गरेको स्थानीय यूवहरुले बताए । विहिवार वडा नं। ९का वडा अध्यक्ष रामबनबु चौहानले नगरपालिकाको गाडिमा तरकरी वैरिया बिता गाउँमा आफना निजि व्यक्तिलाइ आलु प्रति किलो रु ४५ , प्याज ५५ , बिक्रि बितरण गरेको स्थानीयवासीले बतएका छन । वडा चौहानको ब्यापार हेरेर स्थानीय नव यूवक दलले आज बजारबाट तरकारी खरिद गरि सहुलियत दरमा गाउँमा आलु प्रति किलो रु ३५ र प्याज ४५ को दरले बिक्रि बितरण गरेको स्थानीय यूवा धमेन्द्रले बताउँनु भयो । गाउकै अफताब आलमले आफनौ टेक्टर ढुवानीको लागि निशुलक रुपमा प्रयोग गर्न दिएका बलिराम मुखियाले बताउनु भयो । सहुलियत दरले तरकारी बिक्रि बितरण कार्यमा मन्जुर आलम , ओमप्रकाश मुखिया लगायत रहेका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here