अति बिपन परिवारको सहारा बन्ने वैरिया विर्ता गाउँका यूवाहरु

0
378
Ad_Article_Top
Share :

वीरगञ्ज २१ चैत : वैरिय विर्ता गाउँका नव यूवाहरुले आफनो निजि लगानीमा ४० परिवारलाइ राहत बितारण गरेका छन । पोखरिया नगरपालिका वडा नम्बर ९ वैरिया विर्ताका यूवाहरुले मिलेर आफनो गाउँमा अति बिपन ४० परिवारलाइ खद्यान सामाग्री बितरण गरेको हो । सधै जालामज्दुरी गरि खानेले लकडाउनले गर्दा काम गर्न नसकेर भोकै बस्ने अवस्था आएकोले स्थानीय सरकारले केहि राहत नदिएकोले दुखी भएको थियो ।

अति बिपन परिवारको समस्या कसैले नबुझेपछि तेहि गाउँका नव यूवा दलले सहारा बनेका छन । नव यूवा दलका यूवाहरु आफनो निजि लगानिमा प्रत्येक परिवारलाइ चामल १५ किलो , आलु ३ किलो , प्याज १ किलो, नुन १ किलो र सलाही १ डिबा बितरण गरिएको छ । राहत बितरण कार्यमा धर्मेन्द्र पटेल ,नौसाद आलम , बलिराम मुखिया , ओमप्रकाश मुखिया ,वृजकिशोर पटेल , मन्जूर आलम , अजय पटेल ,रामाधार मुखिया ,अफताब आलम ,बिकाश मिश्रा लगाएतको सहभागिता रहेको थियो । बाकी रहेका परिवारलाइ दोश्रो चरणमा बितरण गर्ने धर्मेन्द्र पटेलले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here