कोरोनाले के गर्दैछ, अनि हामी के ?

0
707
Ad_Article_Top
Share :

डा. असरफ हुसैन

कोरोनाले के गर्दैछ ?

संसार यति बेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ग्रस्त छ । अत्यन्त सबल र प्रभावकारी स्वास्थ
सेवा भएका शक्तिशाली राष्ट्रहरु समेत धरासायी हुँदै गएका छन् । दिनहँु नयाँ संक्रमित फेला परिरहेका छन् ।
मृत्यु हुनेको संख्या पनि चुलिदै छ । अन्य देशहरुमा महामारी बढ्दै गर्दा भाईरसको उत्पती भएको मानिएको
चीनमा भने यसको प्रभाव घटीरहेको छ । राष्ट्रका सबै संयन्त्र मिलेर काम ग¥यो भने मात्रै भाइरसलाई नियन्त्रण
गर्न सकिन्छ भन्ने स्पस्ट उदाहरण हो यो ।

नेपालको अवस्था के छ ?

यस्तो भयावह अवस्थामा नेपालको परिस्थिति भने दयनीय छ । कोरोना भाईरसको जाँचका लागि गुणस्तरीय
प्रोगशालाहरुको अभाव छ । शंकास्पद व्यक्तिहरुको परिक्षण जुन स्तरमा हुनुपर्ने त्यो हो हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार चैत २० गतेसम्म १ हजार १सय ८४ जनाको परीक्षण
भएको छ । जसमध्ये ६ जना संक्रमित देखिएका छन् । उनीहरु मध्ये १ जना उपचारपछि सञ्चो भएर घर
गईसकेका छन् । यी सबै संक्रमित बाहिरबाट आएका व्यक्ति हुन् ।

त्रिभुवन विमानस्थलबाट संक्रमित सहजै भित्रिएको तथ्यको आधारमा पनि समाजमा अदृश्यरुपमा कोरोना
संक्रमितको ठुलै जमात भएको आशंका गर्न सकिन्छ । आवश्यक व्यक्तिगत सुरक्षा उपकरणको ( PPE )

अभावमा स्वास्थ्यकर्मीहरु उच्च जोखिममा कार्य गर्न बाध्य छन् । निजि स्वास्थ्य संस्थाले स्थानीय स्तरमै
गुणस्तरहिन पीपीइको व्यवस्था गरेका छन् । सरकारबाट उपलब्ध गराईएका सामाग्रीको गुणस्तरमा पनि प्रश्न
उठिरहेको छ । कमशल सामाग्री वा उपकरणहरुबाट संक्रमणको जोखिम उच्च रहन्छ । सबले बुझ्नै पर्ने कुरा के
हो भने स्वस्थ्यकर्मी संक्रमित भए उनीहरुको सम्पर्कमा आउने असंख्य व्यक्ती सजिलै संक्रमित हुन्छन् ।

स्वास्थ्यकर्मीले यस्तो विषम परिस्थितिमा पनि पेशागत मर्यादा कायम गरि स्वस्थ्य सेवामा संलग्न भई धर्म
निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा सबै पक्षले स्वास्थ्यकर्मीको मनोबाल बढाउनुपर्ने हो । कतिपय सञ्चार
माध्यममा स्वास्थ्यकर्मीको नियत माथि प्रश्न चिन्ह खडा गर्ने खालका समाचार आईरहेका छन् । प्रमुख जिल्ला
अधिकारीले जेलमा थुन्ने प्रयास गर्नेदेखि लिएर मुख्य मन्त्रीले लाइसेन्स खारेज गर्ने धम्की दिएर

स्वास्थ्यकर्मीको मनोबाल कमजोर पारिरहेका छन् । अहिलेको समयमा मानिसरको रक्षा गर्ने प्रमुख पात्रहरुले
कमजोर मनोबलका साथ काम गर्नुपर्ने परिस्थिति निर्माण हुनु अत्यन्त घातक हुन सक्छ । चिकित्सक एवं
स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने, डेरामा आउन नदिने जस्ता क्रियाकलाप निन्दनीय छ ।

सरकारले नागरिकको जीवन रक्षाका लागि लकडाउनको आव्हान गरेको छ । नागरिकले यसलाई सहर्ष स्वीकार
गरेर पूर्णरुपले पालना गर्नुपर्ने हो । तर लकडाउन फितलो देखिएको छ । कोरोना प्रभावित ठाउँहरुबाट नेपाल
प्रवेश गर्ने व्यक्तिलाई लुकाउन खोज्नु, सामाजिक दुरी पालना नगर्नु, क्वारेनटाइनमा बस्न नमान्नु, आफ्नै घर,
गाउँ जान जिद्दी गरिरहेको देखिन्छ । सर्वसारधणमा देखिएको अनुशासनहिनताले कोरोना संक्रमण तिव्र
गतिमा पÞmैलिएर गम्भीर समस्या उत्पन्न हुन सक्छ । अहिलेको समयमा कृत्रिम अभावको सृजना गरेर
कालोबजारीलाई प्रशय दिनु दण्डनीय अपराध हो ।

सरकारी कदम पनि जिम्मेवार र जवाफदेही देखिदैन । अत्यावश्यक स्वास्थ्य सामग्रीको खरिद तथा
उपलब्धतामा भ्रष्टाचारको गन्ध आईरहेको छ । यस्ता घटनाले सरकारप्रतिको विश्वासनियता कमी आउँछ ।
संकटको बेला अनुशासनहिनता तथा गैर जिम्मेवारीपनले स्थितिलाई नियन्त्रण रेखा भन्दा बाहिर लैजान सक्ने
खतरा छ ।

अब के गर्ने त ?
● केन्द्र, प्रदेश तथा स्थानिय सरकारले सरोकारवाला (स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, सरकारी तथा गैर
सरकारी कर्मचारी, उद्योगी व्यापारी एवं नागरिक समाज ) संग गहन छलफल गरि प्रभावकारी नीति निर्देशन
बनाई अविलम्ब कार्यन्वयन गर्नुपर्छ ।

● दुरदृष्टी र सबल कार्यनीतिको परिचय दिँदै पूर्व निर्धा्रित अस्पतालहरुमा उपलब्ध सिमित स्रोत
साधनलाई केन्द्रित गरि कोरोना शंका गरिएका बिरामीलाई एउटाबाट अर्को अस्पताल धाउनुपर्ने समस्याबाट
मुक्ति दिनुपर्छ । बिरामी भौतारिनु जस्ता अन्यौलले यो संक्रमणबाट साधारण आत्मरक्षा उपकरण पीपीईबाट
समेत बञ्चित स्वास्थ्यकर्मीको एउटा ठूलो समूह जोखिममा छ ।
तसर्थ पूर्व निर्धा्रित अस्पतालमा स्वास्थ्यकर्मीका लागि सुरक्षित वातावरण एवं बिरामीका लागि परिक्षण तथा
उपचारको उपलब्धता सुनिश्चित गरिनुपर्छ । अर्थात कोरोना भाईरसको परिक्षण गर्ने किट र उपकरण जस्तै
पि.सि.आर मेशिन, भेन्टिलेटर इत्यादि उपलब्ध गराई छिटोभन्दा छिटो सेवा प्रभावकारी बनाउनु जरुरी छ ।
अनलाईन मार्फत देश विदेशका अनुभवी चिकित्सकबाट तालिमको व्यवस्था मिलाउनुपर्छ ।
● बाँकी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संयन्त्र कोरोना संक्रमित बाहेकका बिरामीको उपचारमा खटाउन सकिन्छ ।
त्यस्ता अस्पतालमा समेत आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई कोरोना संकटका लागि तयारी अवस्थामा
राख्न सकिन्छ ।
● चीन लगायत कतिपय मुलुकको अनुभवले ‘लकडाउन’ कोरोना संक्रमण फैलन नदिने उत्तम उपाय भएकोले
यसको शतप्रतिशत कार्यान्वयन गराउनुपर्दछ । अत्यावश्यक कार्यबाहेक घर बाहिर निस्कनेलाई कानुनी
कारबाही गर्नेपर्छ । सकिन्छ भने राज्यले नै त्यस्ता सामाग्री नागरिकको घर घरमा सुरक्षित हिसाबले
पु¥याईदिनुपर्छ ।
● सुविधा सप्पन्न क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था समय रहँदै चुस्त दुरुस्त पारिनु पर्दछ ।
● सुरक्षा निकायलाई पनि सुरक्षित वातावरण तथा अन्य सेवा सुविधाहरु उपलब्ध गराउनुपर्छ । लक्डाउन
तथा अन्तराष्ट्रिय सिमा क्षेत्र विशेषगरि भारतसित जोडिएका ठाउँलाई अझ सशक्त रुपमा नियन्त्रणमा राख्नुपर्छ
।● कालोबजारीले गर्दा माहमारीको समयमा उत्पन्न हुन सक्ने आभावलाई न्यूनीकरण गर्न स्थानिय
प्रशासन तथा नागरिक समाज सचेत रहनुपर्छ ।
● स्थानीय नेता तथा नागरिक सामाजका अगुवाले समस्यामा परेका नागरिकलाई सेवा सुविधाहरू जस्तै
खाना, पानी, औषधि उपचारका लागि प्याकेजिङ ढुंवानी तथा वितरणका लागि पहल गरिनु पर्छ ।
● उच्च जोखिममा रहेका व्यक्तीहरु जस्तै वृद्धवृद्धा, मुटु, किडनी, फोक्सोका रोगी, उच्च रक्तचाप, मधुमेहबाट
ग्रस्तहरुको नियमित औषधिको व्यवस्था गरिनु पर्छ । यस्ता व्यक्तिसँग सामाजिक दु्री कायम गरिनु
अत्यावश्यक छ ।
●मानसिक त्रास, डर, चिन्ता उच्च रहने हुँदा आपसमा कुराकानी गरेर तनाव कम गर्न सकिन्छ । यसका लागि
फोन, फेसबुक, ईमो, भाईबर, ह्वाट्स एप जस्ता समाजिक सञ्जालको सदुपयोग गर्न सकिन्छ । आवश्यक पर्दा
घरबाटै सरकारले उपल्ब्ध गराएको १११५ तथा विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत उप्लब्ध गराईएको फोन
नम्बरहरुमा सम्पर्क गरि विशेषज्ञ सङ्ग परामर्श लिन सकिन्छ ।
●विभिन्न अनलाईन मिडिया, पत्र पत्रिकादेखि समाजिक संजालमा अनेक अफवाहहरु लेख्ने र फैलाउने कार्य
भईरहेको छ । सरकार र सम्बन्धित निकायले यसरी भ्रम छर्नेलाई कारबाही गरिरहेको छ । सञ्चारमाध्यमले
कोरोना भाईरस सम्बन्धी जानकारी दिँदा आधिकारिक स्रोतहरुलाई मात्र उल्लेख गरिनुपर्छ ।
●स्वास्थकर्मी तथा सुरक्षा निकाय जस्ता अग्रपंक्ति तथा जोखिमपूर्ण अवस्थामा रहेर सेवा प्रादान गरिरहेकाको
मनोबल उच्च राख्न चाहिने सामाजिक सद्भाव, सुरक्षित वातावरण तथा सेवा सुविधा प्रदान गर्नु हामी सबैको
नैतिक जिम्मेवारी हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट( NO-ONE IS SAFE UNTIL EVERYONE IS SAFE )
अर्थात, जबसम्म हामी सबै सुरक्षित हुँदैनौ, तबसम्म कोहि सुरक्षित रहँदैनन ’’
तसर्थ अहिलेको प्रमुख आवश्यकता राष्ट्रका सम्पूर्ण संयन्त्रहरु एकजुट हुनु हो । अविश्वास तथा अनुशासन
हिनता त्याग्नुपर्छ । कोरोना भाईरस संक्रमणको माहामारी बिरुद्ध एक ढिक्का भएर लाग्नुको बिकल्प छैन ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा कार्यरत डा. हुसैन MD INTERNAL MEDICIN
बरिस्ठ फिजिसियन हुन

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here