कलैया उपमहानगरपालिका ७ मा गरिब असहायलाई राहत वितरण

0
232
Ad_Article_Top
Share :

मोहन लाल पंडित
चैत्र २१ वीरगंज

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले शुक्रवार आफ्नो वडामा रहेका करिब चार सय जना घरधुरीका दलित, गरिब , असहाय, विपन्नवर्गका परिवारलाई एक कार्यक्रमकाबीच राहत वितरण गरेको छ ।

कोरोना(कोभिड–१९) भाईरस नियन्त्रणका लागि सरकारले करिब ११ दिनदेखी लगाएको लकडाउनका कारण विहान बेलुका छाकटार्न समस्या भएका परिवारहरुलाई वडाले राहत वितरण गरेको हो । वडाले प्रत्येक घरधुरीलाई प्रतिपरिवार १५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, १ प्याकेटे नुन , आधा लिटर तेल वितरण गरिएको जानकारी गराएको छ । कलैया उमनपाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यता तथा कलैया उमनपा वडा नं. ७ का वडा अध्यक्ष सैफुल्लाह मियाँ अंसारीको अध्यक्षतामा उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

वितरण कार्यक्रममा नेपाली सेनाको चन्दननाथ गण बाराका सहसेनानी रंजित लुइटेल , सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक अर्जुन पनेरु, नेपाल सरस्वती प्राविका प्रधानाध्यापक विनोद कुमार पासवान, बारा उद्योग वाणिज्य संघका सदस्य अंजनीकुमार साह , शहरी गरीवी निवारण मंचका कार्यक्रम संयोजक शिवनाथ राम, वितरण पहिचान समितिका सदस्यहरु, स्वयमसेवकहरु , युवावर्ग,स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here