अनिल रुगटा कोरोेना बिरुद्ध अभियानमा , अस्पताललाइ सहयोग

0
258
Ad_Article_Top
Share :

वीरगन्ज २२ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं उद्योगपति अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् । अस्पतालमा विरामीहरुको चाप बढ्न थालेपनि उपकरणको अभावमा उपचारमा समस्या देखिएकोले तत्काल केहि उपकरण उपलब्ध सहयोग गरेका छन । शुक्रबार अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका मेसु डा। मदन उपाध्यायले निजि अस्पतालमा विभिन्न बहानामा विरामीहरुलाई भर्ना लिन नमानेपछि यहाँ ह्वातै विरामीको संख्या बढ्न बढेको बताएका थिए । थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई यहाँबाट बाध्य भएर रेफर गर्नु परेको गुनासो गरेका थिए । नेता रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउँन प्रतिबद्धता जनाउँदै यसको खरिदको लागि आवश्यक प्रकृया शुरु गर्न सुझाव दिनु भयो । उनले भोलीदेखि नै यसको खरिद प्रकृयामा लागि हाल्नुस् यसमा लाग्ने सम्पूर्ण खर्च आफूले नै व्यवहेर्ने बताए । उनले अस्पताललाई सेनेटाईजर गर्नको लागि आवश्यक किटनाशक औषधि समेत उपलब्ध गराएका थिए । अत्यन्तै महंगो मूल्य पर्ने करिब ३५ लिटर किटनाशक औषधि उपलब्ध गराएर अस्पतालको सम्पूर्ण भागलाई सेनेटाईजर गरिएको थियो । अस्पतालको अनुगमन गर्ने क्रममा कांग्रेसका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती जर्नाधन सिंह क्षेत्री, अस्पतालका चिकित्सक डा। विरेन्द्र प्रधान, डा। उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here