मेयर सरावगीको पहलमा प्रशासनले खोल्यो अत्यावश्यक वस्तुका पसल

0
110
Ad_Article_Top
Share :

वीरगञ्ज ४ बैशाख : वीरगञ्जमा बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ । खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान सबेरैदेखि ७ बजेसम्म मात्र खोल्न पाइने स्थानीय प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै औषधि पसल भने २४ सै घण्टा खोल्न सकिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अत्यावश्यक वस्तुको पसलबाहेक गल्ली, ठेलागाडा र चोकमा बिक्री गर्न नपाइने बताए । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएसँगै स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेको छ । तर वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले प्रशासनको यो निर्णय प्रति आपत्ती जनाउनु भएको छ । वहाले लकडाउन असफल बनाउन प्रशासनले चलाएको यो कदम भएको टिप्पणी गर्नुभएको छ । वहाले अत्यावश्यक वस्तुको बिक्री बिहान ८ बजेदेखी ४ बजेसम्म समाजिक दुरी बनाएर बिक्री गर्दा आममानिसलाई मर्का नपर्ने बताउनुभएको छ । वहाले बिहान ७ बजेसम्मको समय अपायक भएको र भीड बढाउने जोखिमलाई निम्तो दिने काम भएको बताउनुभयो । मेयर सरावगीले पर्साका प्रमुख जिल्ला अधिकारीले स्थानिय निकायलाई बैठकमा सहभागि गराउने तर सरसल्लाह सुझावलाई बेवास्ता गर्दै आफ्नो मनोमानी पुर्ण व्यवहार प्रदर्शन गर्दे आएको आरोप पनि लगाउनुभएको छ । प्रशासनले यसअघि वीरगंजमा बिहान ५ बजेदेखी ९ बजेसम्म तरकारी र बिहान ११ बजेदेखी ३ बजेसम्म खाद्यान्न बिक्रीको समय दिएको थियो । यसैबीच शनिवार तीनजना कोरोना पोजेटिव फेला परेपछि आइतवार दिउसो डेढबजेदेखी बिना सुचना औषधी बाहेक सबै पसलहरु बन्द गराएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here