वीरगंज महानगरपालिका वडा नम्बर २३ मा राहत बितरण

0
409
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,बैशाख ४
वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा आज राहत बितरण गरिएको छ । नोवेल कोरोनो भाईरसका कारण प्रभावित सवैठवा र प्रसौनी टोलका ५४१ परिवारलाई राहत बितरण गरिएको हो । ३० किलो चामल,३ किलो दाल,२लिटर खाने तेल, २ प्याकेट नुन र २ वटा सावुन बितरण गरिएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले बताउनुभयो । उहाँले भोली ईटियाही टोलका १२० परिवारलाई राहत बितरण गरिने र छुटेका बाँकी परिवारलाई आउदो शनिबार पुनः सर्वदलिय बैठक गरि राहत बितरण गरिने वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । सर्वदलिय बैठक सम्पन्न गरि शान्तिपुर्ण र समाजिक दुरीको ख्याल गरि राहत बितरण गरिएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।

अरुणदय बाल ईङ्गलिश स्कुलमा गरिएको राहत बितरणमा नेकपा जिल्ला कमिटी सदस्य अमल यादव,राजु वैठा, नेपाली काँग्रेसका मुनीलाल यादव, भोला यादव,वडा सदस्य लालबाबु यादव, फुलबचनी देवी पासवान,कान्ति देवी महतो,रामप्रसाद यादव ,संघिय समाजवादी पार्टीका जयराम साह,मनिफ अंसारी,मुन्ना यादव,सनराईज सामुदायिकका अध्यक्ष फजिल अहमद अंसारी,स्थानिय युवा रविबन्द्र यादव,धर्मनाथ कुशवाहा, वडा सचिव राजेन्द्र यादव लगायतको सक्रिय सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here