मेयर सरावगी आफै पुगे राहत लिएर सिल क्षेत्रमा

0
149
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ४ बैशाख : वीरगंज महानगरपालिकाको नगर प्रमुख विजय कुमार सरावगी द्वारा वीरगंज वार्ड न २ मा अहिले करिब १ हजार ५ सय बिपन गरिब, श्रमजिवि परिवारलाई पुग्ने गरि खधान्य सामाग्रीहरु वडा कमिटीको जिम्मा आफै नेतृत्वमा नगरपालिकाको ट्रकमा लोड गराएर वडा समितीलाई जिम्मा लगाएर आउनु भएको छ । जिल्ला प्रशासनद्वारा छपकैयालाई अहिले सम्म शिल गरेको कारण त्यो ठाउमा विशेष गरि गरिब, निमुखा, श्रमजिवि परिवारहरुमा खधान्यको सन्कट उत्पन्न भएको र सिल भएको कारण कोई बाहिर निस्कन नसकेकोले त्यस्ता गरिब परिवारहरुलाई राहत दिने उदेश्यले नगर प्रमुख सरावगी नगरपालिकाको ट्रकमा खधान्य सामाग्री लोड गरि वार्ड अध्यक्ष ओकिल अन्सारी मियालाई जिम्मा लगाएका थिए । नगर प्रमुख सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खधान्यको अभावमा भोक भोकै नबसोस भनेर अहिले देखी नै तुरुन्तै त्यस्ता परिवारहरुलाई राहत वितरणको लागी वडालाई निर्देशन दिएर आएका छ्न भने शिल भएको ठाउहरुमा आज देखि कोभिड १९को रेपिड किटबाट टेस्टको काम शुरु भएको छ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here