महासंकटको बेला तिनवटै सरकार बिच समन्वय हुन सकेन : नेता रुगंटा

0
228
Ad_Article_Top
Share :


वीरगंज,बैशाख १७,राकेश साह
संबिधान सभा सदस्य एवं नेपाली काँग्रेसका नेता अनिल कुमाार रुगंटाले लक डाउनले नेपाली अर्थतन्त्रमा धेरै असर पाारेको बताउनुभएको छ । आवाज एफ.एम.८८ मेगाहर्जको कार्यक्रम कोरोना बिशेष कार्यक्रममा कुरागर्दै युवा नेता रुगंटाले समयमै यसबारे बिचार नगरे नेपाली अर्थतन्त्र डुब्ने अवस्था सृजना हुने बताउनुभयो । लक डाउनको ३५ औं दिन सम्म पनि सरकारले मजदुर ,उद्योगी व्यपारीको हकमा प्याकेज घोषना गर्न नसक्नु दुखत भएको बताउदै यसले सरकार नेपाली प्रति कति जिम्मेवार रहेको पुष्टि हुन्छ । नेपाल सरकारले कोरोना भाईरस नियन्त्रण बारे केहि बिशेष कदम नचाली भारत सरकारको अनुकरण मात्र गर्दै आएको बताउनुभयो ।
उहाँले नेपाल सरकारले समयमै लक डाउन घोषणा गरेर कोरोनाको महामारीलाई केहि हदसम्म नियन्त्रण गर्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले कोरोना भाईरसको कहर नभएको ठाँउमा उद्योग धन्दाबारे बिशेष योजना ल्याउनुपर्ने धारणा राख्नुभयो । नेता रुगंटाले कोरोना भाईरसको लडाईमा अहोरात खटने चिकित्सक, प्रहरी र संचारकर्मीको कार्यको प्रशांसा गर्नुभयो । उहाँले दुखको घडीमा तिनै तहका सरकार संग समन्वय नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो । समन्वयको अभावमा नेपाली जनताले दुख पाएको नेता रुगंटाको दावी थियो ।
प्रदेश सरकारले वीरगंजमा छुटै कोभिड अस्पताल निर्माण गर्न नसक्नु लाजस्पद भएको बताउदै तत्काल प्रदेश भित्र सुबिधा सम्पन्न छुटै कोभिड अस्पताल निर्माण गर्न आग्रह गर्नुभयो । केन्द्र सरकारले महासंकटको बेला ७०÷८० करोड खर्च गरेर गर्व गर्ने समय नभएको जिकिर गर्नुभयो । नेता रुगंटाले मान्छेको अनुसार नहेरी तथ्य हेरी राहत बितरण गर्न सुझाव दिनुभयो । उहाँले वैज्ञानिक तरिकाले राहत बितरण नगर्दा जिल्ला भरी बिवाद उत्पन्न भएको दावी गर्नुभयो ।
नेपाली काँग्रेसले केन्द्रिय राहत कोषमा ५० लाख रकम सहयोग जनाउदै महासंकटको बेला नेपाली काँग्रेस सरकार संग हातेमाले गरी अघि बढेको बताउनुभयो । उहाँले स्थानिय सरकार संग समन्वय गरी नेपाली काँग्रेसले देशभरी सहयोग गरिरहेको जानकारी दिनुभयो । लक डाउनको समयमा राहत बितरण, अलपत्र परेकालाई घर सम्म पु¥याउने ,स्वास्थ्य समाग्री बितरण, सेनिटाईज गर्ने लगायतको कार्य नेपाली काँग्रेसले गरिरहेको नेता रुगटाले बताउनुभयो ।सरकार नेपाली जनताको स्वास्थ्य भन्दा पनि आफनो सरकार बचाउने तर्फ बढि ध्यान दिएको आरोप लगाउनुभयो ।
नेता रुगंटाले संकटको बेला व्यपारीले बढी मुनाफा नलिई व्यपार गर्न आग्रह गर्नुभयो । सरकारले सानातिना कसुरमा पनि व्यपारीलाई अनावश्यक दण्डित र दुख दिने कार्य निरन्तर गरिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले यस कदमले व्यवपारि डराउने र पलायन हुने अवस्था सृजना हुने बताउनुभयो । कारोनो भाईरसको समयमा व्यपारि र उद्योगिले सक्दो सहयोग गरिरहेको दावी गर्नुभयो ।


लक डाउनले निजी क्षेत्रको अर्थतन्त्रमा गम्भिर असर परेको बताउदै दुई चार बर्ष उद्योगी व्यपारीले नाफा लिने कुरै नआउने बताउनुभयो । नेता रुगंटाले अहिले उद्योगधन्धालाई बाचाउन नै मुस्किल रहेको बताउनुभयो । कारोना भाईरस नियन्त्रणमा नआए सम्म अर्थतन्त्रलाई पहिलेको अवस्थामा ल्याउन मुस्किल पर्ने नेता रुगंटाको भनाई थियो । कृषि क्षेत्रमा बिशेष व्याकेज घोषना गरि सरकारले कृषि उत्पादन तर्फ बढी ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
नेता रुगटाले कारोना भाईरसको लडाईमा सवैलाई सहयोग गर्न आग्रह गर्दै नेपाल सरकारले जारी गरेका लक डाउनको पालना गर्न,समाजिक दुरी कामय गरी घरमै बस्न आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here