प्रमुख सरावगीले बोलाए सर्वदलीय बैठक, कोभिड अस्पताल बारे समान धारणा आयो

0
154
Ad_Article_Top
Share :

वीरगञ्ज २१ बैशाख : कोभिड अस्पताल संचालनको लागि दवास सृजना गर्न आज बीरगंज महानगरापलिकाको प्रमुख बिजय कुमार सरावगीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । बैठकमा नेकपमा अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका अध्यक्ष अजय दिवेदी, राजपाका जगदीश पटेल, समाजबादी पार्टीका रामनरेश यादब लगायतको सहभागिता रहेको छ । कोराना संक्रमणको जोखिम कायम नै रहेको बर्तमान अवस्थामा गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा कार्य संचालन गर्न अनुमति दिलाउननृे उदेश्यका साथ आज नगर प्रमुख बिजय कुमार सरावगीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको हो । बैठकमा नारायणी अस्पताललाई पुर्बवर्ती सेवा संचालन गर्ने आवश्यकताका बारेमा ब्यापक छलफल हुनु्का साथै गण्डकलाई अबिलम्ब कोरोना अस्पताल संचालनको अनुमति दिलाउनमा समान धारणा आएको समाचार छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here