नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण

0
259
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, बैशाख २३
नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् । नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण सुरु गरिएको हो । गत शुक्रबार भेटिएका संक्रमित पुरुष लकडाउनको समयमा समेत मस्जिद र मदरसामा आउजाउ गरिरहेकाले उनीबाटै संक्रमण भएको पनि खुलासा भएको छ । यसैबीच कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जमा आज बिहान ११ बजेदेखि पर्सि सम्म लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका अधिकारी सहित बसेको सर्वदलीय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । नेपालगन्जमा कोरोनाभाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासन, स्थानीय तह, राजनीतिक दल, सुरक्षाकर्मीहरुको बैठक बसेको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम, बैंकिङ कारोबार, खाद्यान्नका पसलहरुसमेत खोल्न पाइने छैन । धार्मिक सद्भाव खल्बलिने खालको कुनैपनि कुरा सामाजिक सञ्जालमा पोस्ट गरेको खन्डमा कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ । मंगलबार बिहान ११ बजेभित्र आफूलाई चाहिने सामान खरिद गरी घरमै सुरक्षित बस्न सम्पूर्ण नागरिकहरुलाई बैठकले आग्रह गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here