आज विश्व दम दिवसको अवसरमा डाक्टर हुसैनको सुझाव सहित संदेश

0
292
Ad_Article_Top
Share :

आज मे ५ को दिन विश्व दम (आस्थ्मा) दिवस हो । कोरोना संकटले गर्दा
आस्थ्मा सम्बन्धि अन्तरास्ट्रिय नियमन गर्ने संगठन न्क्ष्ल्ब् ले यस पालि दम
दिवसलाई प्रवर्धन नगर्ने निश्चय गरेको छ। तथापी “भ्ल्इग्न्ज् ब्क्त्ज्ःब्
म्भ्ब्त्ज्क्” को नाराका साथ दम (आस्थ्मा) बाट हुने मृत्यु दर लाई घटाउन
चाहिने प्रयासको आवस्यकता औल्याएको छ। ५ देखि १० प्रतिसत व्यक्तिहरुमा

यस रोगको लक्षण देखिन्छ।

(डा. असरफ हुसैन

दम के हो ?
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो। आजको लेख दमको प्रमुख कारणहरु मध्ये एक आस्थामा
(बकतजmब )को सम्बन्धमा जानकारी प्रति समर्पित हो। । एलर्जी उत्पन्न गर्ने कारक तत्त्वको सास सम्पर्कमा
आउदा सास फेर्न समस्या हुन थाल्नु नै आस्थामा हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको
खण्ड सुन्निन्छ जस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ र सास फेर्न समस्या हुन थाल्छ।
दम हुनुको कारण ?
धेरै जसो अवस्थामा यसको कुनै स्पस्ट कारण हुदैन। बंशाणुगत कारण पनि एक मानिएको छ। अर्थात्,
परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ। दम हुने अर्को कारण पनि छ।

वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ। बिशेष गरेर
बच्चाहरुमा समस्या धेरै देखिएपनि यो रोग जुनैपनि उमेर समुहमा हुनसक्छ।
दमका लक्षण ?
सास फेर्न असजिलो हुनु, बारम्बार खोकीको अनुभव हुनु, प्रायः बिहान र रातिको समयमा समस्या हुनु
सासमा घ्यारघ्यार र सिटी बजेजस्तो सुनिनु, छाती भारीहुनु तथा छातीमा पीडा अनुभव हुनु आदि यस
रोगका प्रमुख लक्षण हुन्। दमको रोग भएका व्यक्तिमा यी लक्षण सधै जसो रहदैनन् तर जुन कुराले गर्दा
एलर्जि छ त्येसको सम्पर्कमा आउदा जहिलै पनि यो रोग बल्झिन सक्छ।

दमको रोकथाम तथा यसबाट बाच्ने उपाय ?
सबै भन्दा पहिले कुन् कुराले गर्दा एलर्जि भयेको हो त्यो पत्ता लगाउने प्रयास गर्नु पर्छ । यसका लागि
एलर्जीको परीक्षणपनि गराउन सकिन्छ। यस रोगका बिरामीले आफुलाई एलर्जि हुने कुराहरु जस्तै धूवा
धुलो, घरपालुवा जनावर, करेसाबारी वा पातको थुप्रो इत्यादी बाट सके सम्म टाढा राखेको राम्रो। यसो
गर्दा आस्थामा बल्झिने सम्भावना कम भएर जान्छ।

कोरोनाको संकटका बेलामा बिरामीले अपनाउनुपर्ने सावधानी ?
माथी उल्लेख गरिएका रोकथाम र बचाउका उपायहरु को पालना गर्ने। यसका साथै कोल्ड ड्रिंक,
आइसक्रिम लगायत फ्रिजका खानेकुराहरु नखाने। राति हलुका खाना खाने। भीडभाड भएको ठाउँमा नजाने।
लकडाउनको बेलामा रोग बल्झेकै समयमा औसधिको उपलब्धतामा समस्या आउनसक्ने भएकाले
चिकित्सकको परामर्श अनुसारको औसधिहरु को आवस्यक भण्डारण गरेर राख्ने। नियमित चेक जाचमा
समस्या देखिएको यस समयमा आवस्यक सवाधनिहरु अपनाउदै औसधिको नियमित सेवन गर्ने। ‘इन्हेलर’
विधि (जसमा औषधिलाई यन्त्रको मद्दतले सिधै फोक्सोसम्म पुर्याइन्छ) बाट औषधि सेवन गरिराख्नु भएका
बिरामीले यन्त्रहरुको प्रयोग ठीक तरिकाले गर्ने ।इन्हेलर लिने सही तरिका चिकित्सकबाट सिक्ने।
साधारण रुघा खोकी तथा स्वासको समस्याले पनि यो रोगलाई बल्झाउन सक्ने भएकाले समयमै जाच
गराउने। स्वास्थ्य सम्बन्धि कुनै समस्या भएमा आफ्नो चिकित्सक संग सम्पर्क गर्ने।

आस्थामा अटयाकको बेला के गर्ने।
सम्पूर्ण बचाउका उपायहरुको पालना गर्दागर्दै र औसधिको प्रयोग गर्दागर्दै पनि यो रोग बल्झिन सक्छ।
तसर्थ दमको अटयाक हुनासाथ हड्बडाउनु हुदैन। यस्तो बेलाका लागि चिकित्सकले सल्लाह दिए बमोजिम
औसधिको प्रयोग गर्नु पर्छ। बिरामीलाई एउटा वाक्यबोलन पनि समस्या देखिएमा, स्वास फेर्न सार्है गार्हो
भएमा, जिउ निलो जस्तो देखिएमा, बेहोस जस्तो भएमा, घ्यारघ्यार धेरै भएमा,धेरै पसिना भएमा
ज्यानको जोखिम भएकाले नजिकको स्वास्थ्य संस्थामा यथाशीघ्र लान पर्छ।

सबैको सुझबुझ र आपसी सहयोग बाट आस्थामाबाट हुने जोखिम कम गर्न सकिन्छ।

अंतमा हामी सबैले नागरिक कर्तव्यलाई शिरोधार्य गर्दै कोरोना प्रकोप माथी विजय हासिल गर्न लकडाउनको गरौ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here