सांसद यादवद्वारा नेपाल पत्रकार महासंघ पर्सा र पर्सेली संचारकर्मीहरुलाई स्वास्थ्य समाग्री बितरण

0
258
Ad_Article_Top
Share :

वीरगंज ,बैशाख २४
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले नेपाल पसत्रकार महासंघ पर्सा शाखा र पर्सेली संचारकर्मीहरुलाई स्वास्थ्य समाग्री बितरण गर्नुभएको छ । सांसद यादवले नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वन्जारालाई एकथान ज्वरो नाप्ने थर्मल गन,सेनिटाईजर,मास्क र ग्लोब्स हस्तान्तरण गर्नुभएको हो । वीरगंज घण्टाघरमा एक कार्यक्रमका बिच सांसद यादवले ५५ जना पत्रकारहरुलाई एक थान ल्(ढछ मास्क,ग्लब्स र सेनिटाईजर बितरण गर्नुभएको थियो । सांसद यादवले आफनो तलब भता बापत को रकमबाट स्वास्थ्य समाग्री बितरण गरेको जानकारी दिनुभयो । उहाँले पर्सा क्षेत्र नम्बर १ अन्तर्गतका सम्पुर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य समाग्री प्रदान गरिने जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पुर्व अध्यक्ष अशोक तिवारी लगायत पर्सेली संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here