पोखरीया नगरपालिकामा लागेको आगलागि नियन्त्रण

0
189
Ad_Article_Top
Share :

वीरगंज, बैशाख २४
पर्साको पोखरीया नगरपालिका कार्यालयमा आगलागी भएको छ । आज मध्यान्न १२ बजेतिर कार्यालयको सभाहलमा आगलागी भएको हो ।सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने उपप्रमुख सलमा खातुनले जानकारी दिनुभयो । । नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयबाट दमकल गएको थियो । तर आगो नियन्त्रणमा आइसकेकोले बीच बाटोबाटै दम्कल फर्किएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here