जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साद्वारा कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार रकम सहयोग

0
125
Ad_Article_Top
Share :

वीरगंज, बैशाख २४

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साले वीरगञ्ज महानगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार रकम सहयोग गरेको छ ।संघका अध्यक्ष राजेश पण्डितले महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई चेक हस्तान्तरण गर्नुभएको छ । पर्सा जिल्लामा रहेका विभिन्न सहकारी संस्थाहरुको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको संघका कार्यवाहक प्रबन्धक रामअनुप यादबले जानकारी दिनुभयो ।संघका सचिब पन्नालाल महतो, नेपस्कुन फिल्ड कार्याल्य वीरगञ्जका प्रमुख बृजेश गुप्ता लगायतको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो । यसभन्दा अघि प्रदेश न. २ ले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा संघले रु ११ हजार नगद सहयोग गरेको थियो ।साथै आगामी दिनमा पनि अन्य संस्थामा सहयोग गरिने संघका अध्यक्ष पण्डितले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here