विराटनगरको कोरोना विषेश अस्पतालबाट थप ८ जना डिस्चार्ज

0
143
Ad_Article_Top
Share :

वीरगंज, बैशाख २६
विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज हुँदैछन् । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए। डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ । झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए ।

सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचार तथा निगरानीमा खटिएका चिकित्सक डा।डेनप्रसाद आचार्यले जानकारी दिए । उनीहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनुपर्ने डाक्टर आचार्य बताए।

प्रदेश १ का ३१ बाहेक पछिल्लो समय थपमा कोरोना संक्रमण देखिएको छैन। यो सहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ भने संक्रमितको संख्या १०१ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here