कोरोना संक्रमितको उपचार अब गण्डक अस्पतालमा , नारायणी अस्पताल पुनः जनरल अस्पतालको रुपमा सुचारु

0
244
Ad_Article_Top
Share :

वीरगंज, बैशाख २७
वीरगंजको गण्डक अस्पताल अस्थाई कोभिड अस्पतालको रुपमा संचालन हुने भएको छ । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको अध्यक्षता र स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल नेतृत्वको टोलीसहित आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नारायणी अस्पतालाई पुनः जनरल अस्पतालको रुपमा संचालन गर्ने र गण्डक अस्पतालमा कोभिड संक्रमितको उपचार गर्ने निर्णय गरेको छ ।


नारायणी अस्पताल को प्राबिधिक ब्यवस्थापनमा गण्डक अस्पतालमा कोविड संक्रमितको उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ । यसको संयोजनको जिम्मा भने वीरगंज महनगरले लिने निर्णय भएको महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिनुभयो ।गण्डक अस्पतालमा २०० बेड क्षमताको आइसोलेशन सेन्टर स्थापनाको काम अघि बढ्ने पनि उहाँले बताउनुभयो ।


महानगरपालिकामा भएको बैठकमा स्वास्थ्य मन्त्रालयबाट आएका सचिव डा.पोखरेल, डा.रवीन्द्र कुमार ठाकुर, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here