कोभिड अस्पताल संचालनको मन्त्रालयको निर्देशनात्मक पत्र प्रदान

0
283
Ad_Article_Top
Share :
meropathsala.com

बीरगंज ३१ बैशाख
संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना अस्पताल संचालन गर्ने बाटो खोलेको छ । संघीय मन्त्रालयले पत्रलेखेर अस्पताल संचालनको बाटो खोलेको हो । बैशाख ३० गते यो बिषयमा संघीय स्वास्थ्य मंत्रालयले निर्णय लिएको हो । बीरगंजको नारायणी अस्पतालमा उपपचार गराई रहेका कोभिडका बिरामीको डिस्चार्ज पछि अन्यको उपचार नारायणी अस्पतालले तोकेको अस्पतालमा गराउने निर्देशनात्मक निर्णय मंत्रालयले गरेको छ । अस्पताल तोक्दा सरकारी मापदण्ड पुरा भएको अस्पताल तोक्नु पर्ने मंत्रालयले शर्त तोकेको छ । यस्तो अवस्था मिलाउदा नारायणी अस्पतालले आर्थिक दयित्व बाहेक जनशक्ति ब्यवस्थापन तथा सेवा प्रवाहको ब्यवस्था मिलाउने जिम्मेवारी समेत दिएको छ । यसरी संचालन हुने अस्पताल नारायणी अस्पतालकै नाममा संचालन हुने निर्णय मंत्रालयले गरेको छ ।तोकिएको अस्पतालकालागि सम्पूर्ण आर्थिक र भौतीक दायित्व भने बीरगंज महानगरपालिकाले मिलाउने र नारायणी अस्पतालको बहिरगं सेवा लगायत अन्य सेवाहरु क्रमश शुरु गर्ने गरि मंत्रालयले निर्णय गरेको छ । मंत्रालयले यो निर्णय संघीय मामिला मंत्रालय , मुख्यमंत्री तथा प्रदेश २ सरकार, सामाजिक बिकास मंत्रालय प्रदेश २ बीरगंज महानगरपािलकालाई बोधार्थ लेखेको छ भने नारायणी अस्पताललाई कार्यान्वयनकालागि यो पत्र लेखेको हो ।
कोरोना भाइरसको संक्रमणको फैलावट बढदै गएको अवस्थामा आम नागरिकले सस्तो र सुलभ रुपमा अत्यावश्क स्वास्थ्य सेवा समेत नपाएको अवस्था निर्माण भएको बेलामा नारायणी अस्पताललाई पूर्ववत संचालन हुने गरि स्वास्थ्य मंत्रालयले यस्तो निर्णय गरेको हो । बीरगंज महानगरपालिकाले कोभिड अस्पतालको आवश्यकता महशुस गरेर नै गण्डक अस्पतालसंग सम्झौता गरेको थियो । महानगर प्रमुख बिजय सरावगीको यो अडानमा नेकपाका युवा नेता गण्डक अस्पतालका संचालक रहवर अन्सारी नेकपाका नेता सम्बिधान सभा सदस्य नागेन्द्र चौधरी ,सम्बिधान सभाका सदस्य नेकपाका नेता बिचारी यादव सासद पुष्पा कर्ण ,समाजसेवी मनेजर साह लगायतका हरुको जर्वजस्त सहयोग थियो ।
छुट्टै अस्पताल आवश्यकता हो भन्ने कुरा त अहिले पुष्टि भएको छ । सस्तो राजनीतिक होइन नागरिकको जीवन रक्षा पहिलो प्रथामिकता भएकोले आफूहरुले स्वास्थ्यमंत्रीलाई यो कुरामा कन्भिन्स गर्न सकेको नेता बिचारी यादवले बताउनु भयो ।बीरगंज महानगरले पनि सम्झौता गर्दा नारायणी अस्पतालको नेतृत्वमा कोभिड अस्पताल संचालन गर्ने कुरा उल्लेख छ । अहिले स्वास्थ्य मंत्रालयले यही कुरालाई आधार बनाएर अस्पताल संचालनकालागि नारायणी अस्पताललाई अनुमती दिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here