गर्दौलमा तेस्रो चरणको राहत वितरण

0
191
Ad_Article_Top
Share :

वीरगंज, जेठ ७,संजिव मिश्र
पर्साको विन्दवासिनी गाउँपालीका वडा नं १ गर्दौलमा तेस्रो चरणको राहत वितरण समपन्न भएको छ । प्रदेश नं २ का उधोग प्रर्यटन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उधोग कार्यालयको आयोजनामा सो राहत वितरण गरिएको हो । राहत वितरणमा चामल २५ किलो, दाल २ किलो, खाने तेल १ लीटर, साबुन १ पीस, नुन १ पाकेट र स्वाबिन आधा किलो गरी ७० घरपरिवारलाई सो राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष सागिर मियाले जानकारी दिनुभएको छ । यस अघि प्रदेश सरकारले पठाएको १० लाख रकम मध्ये १३५ घरपरिवारलाई र वडा समितीको सहयोगमा २१० घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष मियाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here