स्थानीय प्रशासनको असहयोगले रेडियो संचालन गर्न कठीनाई, समन्वय गर्न स्थानीय प्रशासन तयार

0
143
Ad_Article_Top
Share :


वीरगंज, जेठ ८
पर्सामा संचालित रेडियो संचालकहरुको बैठकले रेडियो संचालनमा स्थानीय प्रशासनले असहयोग गरेको भन्दै साँचो बुझाउने निर्णय गरेका छन् ।रेडियो संचालनका लागि आवश्य पर्ने जनशक्ति आवतजावतमा स्थानीय प्रशासनले रोक लगाउँदा रेडियो प्रशारणमा नै समस्या परेको भन्दै रेडियोको साँचो बुझाउने निर्णय गरेका हुन् । यो महामारीका बेला आफ्नै ज्यानको बाजी राखेर भए पनि रेडियोले सचेतना फैलाउन उल्लेख्य भूमीका निर्वाह गरिरहेका बेला स्थानीय प्रशासनले रेडियो संचालनका लागि जनशक्ति आवतजावतमा रोक लगाउनु उपयुक्त नभएको भन्दै प्रशारण बन्द गरेर रेडियोको साँचो बुझाउने निर्णय गर्न बाध्य हुनुपरेको रेडियो वीरगंजका संचालक ध्रुव साहले बताउनु भयो । रेडियो वीरगंजमा सम्पन्न बैठकले भोलि बिहानसम्म स्थानीय प्रहरी प्रशासनको रबैयामा सुधार नआए भोलि साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा रेडियोको सम्पूर्ण प्रशारण बन्द गर्ने र पर्सि स्थानीय प्रशासनलाई चाबी बुझाउने निर्णय गरेको बैठकमा सहभागी ब्रोडकास्टिङ एशोसियशन बानका प्रदेश २ संयोजक आरसी यादबले बताउनु भयो । यस्तै सामाजिक दूरी कायम गर्दै न्यून जनशक्तिमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर बाहिरी आवतजावतलाई पनि रोक लगाईँदै रेडियो संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले पनि न्यून जनशक्ति र आवश्य सुरक्षा अपनाएर सबै रेडियोले प्रशारणको व्यवस्था मिलाएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको विशेष उपस्थितिमा बसेको बैठकमा ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) प्रदेश २ का संयोजक एवं रेडियो बिन्दासका संचालक आरसी यादब, सामूदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य एवं रेडियो तराईका संचालक अजय यादब, रेडियो वीरगंजका संचालक ध्रुब साह, पब्लिक एफ.एमका संचालक राजेन्द्र सिंह, आवाज एफ.एमका संजिव मिश्र, रेडियो सान्भीका प्रबन्धक नवराज फुयाल, भोजपुरिया एफ.एमका सुनिल खेतान, रेडियो समग्र मधेसका श्यामप्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो । बैठकमा सहभागी हुन नसके पनि आकास एफ.एमका अनुप तिवारी, रेडियो बिजय बस्तिका सन्तोष श्रेष्ठ, ईन्द्रेणी एफ.एमका बिनोद रौनियारले पनि बैठकको निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

रेडियो संचालकले साँचो बुझाउने चेतावनि दिएपछि रेडियो संचालनका लागि आवश्यक जनशक्ति आवतजावतमा समन्वय गर्न स्थानीय प्रशासन तयार भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै संचारकर्मीलाई सम्बन्धित संचारसंस्थाको परिचयपत्रको आधारमा आवतजावतमा सहज बनाउन तयार भएको हो ।
रेडियोकर्मीलाई आवत जावत गर्न सुरक्षाकर्मीले अवरोध गर्दा रेडियो संचालन गर्न कठीनाई भएको भन्दै आवस्यक समन्वय नभए रेडियो प्रशाण बन्द गरेर साँचो बुझाउने बिहीबार बिहान बसेको रेडियो संचालकहरुको बैटकले निर्णय गरेको थियो ।
रेडियो संचालकको चेतावनि लगत्तै जिल्ला प्रशासन कार्यालयले पर्साले सूचना जारी गर्दै आवत जावतमा कुनै कठीनाइ भए जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।
रेडियो वीरगंजका संचालक ध्रुब साहले स्थानीय प्रशासन सहजताका लागि आवश्यक वातावरण बनाउन तयार देखिनु स्वागतयोग्य भए पनि सुरक्षाकर्मीको ब्यवहारमा पनि त्यसखालको परिवर्तन देखिनु पर्ने बताउनु भयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here