एक्सनएड नेपालको आर्थिक सहयोग र दिब्य युवा क्लब पर्साको सहकाय पटेर्वा सुगौली गाउँपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरणः

0
191
Ad_Article_Top
Share :

वीरगंज, जेठ ८ ,उर्मिला सापकोटा
एक्सनएड नेपालको आर्थिक सहयोग, दिब्य युवा क्लब पर्साको सहकार्य तथा पटेर्वा सुगौली गाउँपालिकासंगको समन्वयमा आज पटेर्वा सुगौली अन्तर्गत रहेको ४ वटा स्वास्थ्य सस्थाहरुको लागि स्वास्थ्य समाग्री बितरण गरिएको छ । पिपिई २० थान, थर्मोगन ४ थान, सर्जिकल माक्स १०० थान, एन ९५ माक्स २० थान, हेण्ड सेनिटाइजर ५०० ग्रामको १६ थान लगायत अन्य कोभिड १९ को प्रतिकार्यको लागि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका लागि सहयोग गर्ने उद्देश्यले हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद चौधरीूले यस पालीकामा कोरोनाको माहामामरीको समयमा आफ्नो जयानको बाजी लगाएर सेवा प्रदान गरिरहेका स्वास्थ्य कर्मीहरुलाई यस सामाग्रीहरुले निकै सहयोग पुग्ने बताउनुभयो । अहिलेको परिस्थितिमा व्यक्तिगत सुरक्षा सामाग्रीहरुको अभावमा स्थानीय स्वास्थ्य कर्मीहरुलाई सेवा प्रदानमा कठीनाई आईरहेको अवस्थामा यस सामाग्रीले स्थानीय समुुदायका सेवा लिने वर्गहरुको लागि निकै सुविधा हुने गाउँपालीकाका उप प्रमुख ममता महतोले बताउनुभयो । साथै प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव ज्यूले पनि संस्थाले निकै सराहनिय काम गरेकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष श्री हरिनाराण प्रसाद चौधरी, उपाध्यक्ष ममता महतो थारु, प्रमुख प्रशासकिय अधिकृत श्री भुजेन्द्र प्रसाद यादव, पटेर्वा सुगौली गाउँपालिका वडा न. १ का वडा अध्यक्ष श्री फारमान मियाँ, वडा न. २ वडा अध्यक्ष श्री विजय गैरे, स्वास्थ्य शाखा प्रमुख श्री जगरनाथ साह ,दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक श्री रामाकान्त प्रसाद कुर्मी, स्पौंसर संयोजक श्री सुनिल कुमार भारती तथा स्थानीय अधिकार कार्यक्रमको सामाजिक परिचालकहरुको समेत उपस्थिति रहेका छन् । साथै तपसिल अनुसारको सामाग्रीहरु हस्तान्तरण गरियो छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here