मोहन लाल पंडित
जेष्ठ ७ वीरगंज
बाराको देवताल गाउँपालिका वडा नम्बर २ का स्थानीय तथा सामाजसेवी बिस्नाथ यादव र रमोद यादवले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि गरिएको लकडाउनको सबै काम काज ठप्प भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्न गरिब परिवारलाई राहत वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ टोल झिटकैयामा दैनिक काम गरेर आफ्नो जिवको पार्जन गर्ने जनताको संख्या बढी भएकोले एक छाक खान टर्न समस्या भए पछि समाज सेवी यादवले आफ्नो निजी खर्चबाट २५ जना राहत बाहेको स्थानीय राजु यादवले जानकारी दिनुभयो । राहतमा २५ किलो चामल , २ किलो दाल , २ किलो आलु र १ पैकेट नुन रहेको थियो ।