वीरगन्ज महानगरपालिका कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारीमा

0
121
Ad_Article_Top
Share :


वीरगंज,जेठ ९

वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारीमा जुटेको छ ।कोरोना भाईरसको उच्च जोखिममा रहेको वीरगन्ज महानगरपालिकाले गण्डकमा छुटै कोभिड अस्पताल संचालनमा ल्याएपछि महानगरवासीलाई सुरक्षित राख्न पीसीआर मेशिन पनि स्थानीय सरकारको तर्फबाटै खरिद गर्ने तयारी गरेको हो । गण्डक अस्पताललाई कोभिड अस्पताल स्थापना गरी संचालनमा ल्याएपछि अब वीरगन्ज महानगरपालिकाले आफनै छुट्टै पीसीआर मेशिन खरिद गर्ने तयारीमा रहेको वीरगंजका मेयर बिजय सरावगीले बताउनुभयो ।उहाँले बिहिबार नै सामाजिक सञ्जाल फेसबुकमा पीसीआर मेशिन र किट खरिदको तयारी गरेको भन्दै सहयोगका लागि अनुरोध गर्नु भएको थियो । पीसीआर मेशिन खरिदका लागि छलफल भईरहेको र एकदुई दिनमै बोलबत्र समेत आह्वान गरिने उहाँले बताउनु भयो ।मेयर सरावगीले वीरगंजमा संक्रमितको संख्यापनि वृद्धि हुदै गएकोले कम्तिमा १५ हजार किट र पीसीआर मेशिन खरिदको तयारीमा रहेको जानकारी दिनुभयो ।उहाँले एकदुईदिन मै बोलपत्र पनि आह्वान गरिने र पीसीआर मेशिनको खरिदका लागि छलफल चलिरहेकोले यसमा चाडै निर्णय हुने पनि बताउनु भयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here