भ्रष्टाचार गरेको आरोपमा वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसिया पदबाट निलम्बित

0
118
Ad_Article_Top
Share :

वीरगंज, जेठ ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छलेर भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका९ १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध शुक्रवार बिशेष काठमाण्डौ अदालतमा अभियोगपत्र दर्ता गरेको छ। जग्गा खरिद बिक्री हुँदा वडाध्यक्ष चौरसियाले घरबाटोको सिफारिश दिदा २८ फिट बाटो भएकोमा १५ फिटको बाटो उल्लेख गरि सिफारिश दिएका थिए ।उनले दिएको सिफारिशका आधारमा मूल्याकंन घटाएर रजिष्ट्रेशन दस्तुर तथा लाभकर समेत छलेको भन्दै वडाध्यक्ष चौरसिया बिरुद्ध बिशेष अदालतमा उजुरी परेको हो । यो उजुरी संग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पद समेत निलम्वित हुन पुगेको छ । वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनु भयो । वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो रु १ लाख ७७ हजार ३ सय ७५ कायम गरी सजायको माग दाबी लिइएको छ ।जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।यस्तै जग्गा खरिदकर्ता ग्यान्ती देवीविरुद्ध बिगो स्वरुप रु ९४ हजार ८ सय ७५ कायम गरी बिगो रकम असुल गरी जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here