रक्सौलको क्वारेन्टाइनमा अलपत्र नेपालीहरुलाई नेपाल ल्याउने क्रम सुरु

0
95
Ad_Article_Top
Share :

बीरगञ्ज १४ जेष्ठ : भारतका विभिण सिमावती सहरको क्वारेन्टाइनमा बस्दै आएको नेपाली नगरिकलाई आज बुधबार विहान देखि वीरगञ्ज भन्सार नाका भएर आउँदै छन । बिहारका रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ भने वीरगञ्जमा रहेका भारतीयलाई आइसिपीको बाटो भएर पठाइएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलस्थित क्वारेन्टाइनमा लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको छ । अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । रक्सौलमा करिब ३५० जना नेपाली रहेको अनुमान छ ।

बिहानैदेखि वीरगञ्ज भित्रिएका नेपालीहरु पर्सा लगायत २५ जिल्ला भन्दा बढी ठाउँका छन । भारतबाट आउँने नेपाली नागरिकको बिवरण लिएर सम्बन्धित जिल्ला पठाउने तयारि भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । भारतको विभिन्न ठाउँबाट आएर विगत डेढ महिनादेखि रक्सौलस्थित क्वारेनटाइनमा बसिरहेका र मंगलबार सीमानामा आइपुगेकालाई नेपाल भित्र्याइएको छ । पर्सा र काठमाडौंबाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको छ । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने छ । पर्साका विभिन्न स्थानीय तहका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा समेत पठाउन सकिने छ । भारतबाट आउँने नेपाली नागरिकको वीरगञ्ज महानरपालिकाले खाना र बस्न व्यवसता मिलाइरहेको छ ।

सम्बन्धित जिल्ला पठाउनको लागि गाडिको व्यवस्ता महानरपालिकाले गरेको छ । रक्सौलको क्वारेन्टाइनमा अलपत्र नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए ।

नेपाल प्रवेश गर्नेमा अधिकांश प्रदेश १ ,२ र ५ का जिल्लाका नागरिक छन् भने केही अरु प्रदेश बाहिरका पनि छन । भारत बिहारको रक्सौल र पर्साको स्थानीय प्रशासनको समन्वयमा वीरगञ्ज नाका हुँदै नेपाल भित्र्याइएको छ । नेपाल भित्रिएका मध्ये अधिकांश मंगलबारनै नेपाल भारत सीमानामा आइपुगेका

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here