अस्थायी कोभिड अस्पताल गण्डकबाट २१ जना कोरोना संक्रमित डिस्चार्ज

0
26
Ad_Article_Top
Share :

वीरंगंज १४ जेष्ठ : बिरगंज स्थित नारायणी अस्पताल बिशेष कोरोना अस्थायी कोभिड अस्पताल गण्डकबाट मंगलबार राति साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ५ जना महिला र १६ जना पुरुष छन् । डिस्चार्ज हुने वीरगन्ज महानगरपालिकाका र कालिकामाई गाउँपालिकाका स्थानीय हुन् ।

पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताए । तिन जना बालबालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । गत वैशाख २७ र ३० गते कोभिड९ १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन । यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here