कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकको पिसिआर रिपोर्ट नेगेटिभ

0
712
Ad_Article_Top
Share :

वीरगंज, जेठ १४
कोरोना संक्रमण पुष्टि भएका ७० बर्षिय वृद्धको उपचारमा संलग्न नेशनल मेडिकल कलेज वीरगंजका ४९ स्वास्थ्यकर्मी र २ जना बिरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिसकेका बारा ७ का ७० बर्षिय वृद्धको जेठ १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो चिकित्सक सहित ५१ जनाकोे स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका ५१ जनाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले जानकारी दिनुभयो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको आकस्मिक सेवा र आईसियु सेवा शिल गरिएको गरी उच्च सर्तकताका साथ कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्फत वृद्धको उपचारमा संलग्न ४९ चिकित्सक र अन्य २ बिरामीको स्वाव संकलन गरिएको प्रबन्धक अंसारीले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here