नारायणी अस्पताल डाईलोसिस सेवा सुचारु : मेयर सरावगी प्रयास सफल

0
30
Ad_Article_Top
Share :

वीरगञ्ज १५ जेठ : वीरगञ्ज महानगरपालिका मेयर बिजय सरावगी र स्थानिय राजनैतिक दलका नेताहरुको पहलमा नारायणी अस्पतालमा जनरल सेवा सुचारु हुने भएको छा कोभिड १९ कोरोना भाईरसका बिरामीहरुको उपचार नारायणी अस्पतालमा हुन थालेपछि बीरगंजवासीरुहले ब्यापक बिरोध गरेका थिएा नगर प्रमुख सरावगीको एकल प्रयासले गर्दा नारायणी अस्पतालमा बिहीवार देखी मृगौलाका बिरामीहरुको डाईलोसिस सेवा सुचारु हुने भएको नारायणी अस्पतालका एक कर्मचारीले भने, भोली देखी ओपीडि सेवा पनि सुचारु हुने ति कर्मचारीले बताएा आईसीयु भने शनिवार देखी संचालनमा आउने दाबी गरिएको छा कोभिड १९ कोरोना भाईरसका बिरामीहरुलाई नारायणी अस्पतालमा उपचार हुदै आएको थियोा नगर प्रमुख र केही राजनैतिक दलका नेताहरुको प्रयासले गर्दा कोरोना भाईरसका बिरामीहरुको उपचार बीरगंजको गण्डक अस्पतालमा भईरहेको छ । नारायणी अस्पतालमा कोरोना भाईरसका बिरामीहरुको उपचार भएको हुनाले सेनिटाईजर गर्ने केही दिन लाग्ने भएको हुनाले आईसियु सेवा सुचारु गर्न केही लाग्ने ति कर्मचारीको भनाई रहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here