गणतन्त्र दिवसको अवसरमा पोखरियामा रक्तदान

0
58
Ad_Article_Top
Share :

वीरगंज, जेठ १५
गणतन्त्र दिवसको अवसरमा आज पोखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्रराज कडेलले रक्तदान गरेरे शुभारम्भ गरेको कार्यक्रमा ४० जनाले रक्तदान गरेका छन । । नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा, पोखरिया नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यायल र सशस्त्र बेस पोखरियाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, रेडक्रस पर्साका मन्त्रि शैलेन्द्र चौरसिया, आवाज एफ.एमका सहकर्मी आरजे दिनानाथ साह तेली ,पत्रकार धर्मेन्द्र चौरसिया, वडाध्यक्ष सियानन्द चौहान, मनोज साह, र उमेशसाहलगायतले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झाले बताउनुभयो । कार्यक्रम उपशाखा सभापति भगवान कुर्मीका अध्यक्षतामा भएको कार्यक्रममा मेयर दीपनारायण रौनियार संविधान सभासदस्यद्धय रामेश्वर रौनियार, प्रदुम्न चौहान, ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रमुख ललन द्धिवेदीलगायतको सहभागिता थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here