सखुवाप्रसौनी गाउपालिकामा दुइजना कोरोना पोजेटिभ फेला

0
138
Ad_Article_Top
Share :

वीरगञ्ज १७ जेठ : पर्सा जिल्लामा आज थप दुइजना कोरोना पोजेटिभ फेला परेको छ । नारायणी अस्पतालको पिसिआर रिर्पाेटमा सखुवाप्रसौनी गाउपालिकाको दीपनारायण माविको क्वारेन्टाइनमा बसेकी एकजना ६० वर्षिय वृद्धा र १८ वर्षिय युवकमा पोजेटिभ देखिएको सखुवाप्रसौनी गाँउपाकिालका स्वास्थ्य संयोजक राजेश रौनियारले जानकारी दिनुभयो । संक्रमित दुवै जनाको केहि दिन अघि मात्र भारतबाट आई गाँउपालिकाको क्वारेन्टाईनमा बसेका थिए । संक्रमितको दुवैजनालाई अस्पताल लगिएको छ । सम्पर्कमा आएकोहरुको खोजि कार्य भईरहेको स्वास्थ्य संयोजक रौनिायारले जानकार दिनुभयो । यसअघि बिहिवार पर्सा जिल्लाको पोखरियामा चारजना र जीराभवानी गाउपालिकामा एकजना संक्रमित फेला परेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here