जिराभवानी गाउँपालिका ५ मा अति बिपन्न गरिबलाई राहत वितरण

0
137
Ad_Article_Top
Share :

जेठ १९ वीरगंज
पर्साको जिराभवानी गाउँपालिक वडा नम्बर ५ को शंकर सरैयामा बसोबास गर्दै आइरहेको सुकुमबासी, बिपन्न गरीब मुसहर तथा दलित घरपरिवारका ७५ जनालाई आज अरुण कुमार ठाकुर, बिरगंज लक्ष्मणवानवाका सहयोगी युवा हरीनारायण शाह तथा दया फाउंन्डेशन र भी.सी.एन. संस्था को आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारू को संयोजनमा राहत सामग्री बितरण गरिएको छ ।

आज सम्म यस वडामा तिनै तहको सरकारले राहत नबाडेकोले यहाका स्थानीयहरुलाई धेरै समस्या भएाको हुनाले आफुहरु राहत बाडेको भी. सी.एन. का अध्यक्ष दीपक चापागई तथा उपा अध्यक्ष राधा मतांगीले जानकारी गराउनु दिनुभयो ।

राहतमा १५ किलो चामल , दाल किलो, आलु २ किलो, प्याज १ किलो , खानेतेल आधाकिलो र २ पिस साबुन लगायतका सामाग्रीहरु बितरण गरिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here