लकडाउनको मौकामा जुवा खेल्ने पक्राउ

0
228
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २० जेठ : लकडाउनको मौकामा जुवा खेलिरहेका व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र संघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो । निक्की होटल सन्चालक हुन् । रामचन्द्र संघाइ समुहका एमडी र अशोक विशाल समुहका एमडी हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here