रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण पुष्टि

0
100
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २० जेठ : रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिकाको दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिन अघि भारतको दिल्लीबाट आएका वडा २ को एक दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाइरसबाट संक्रमित पुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले बताएका छन् । परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको संयोजक खानले जानकारी दिए । रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here